सन्दर्भ सहकारीद्धारा बिर्तामोडमा कारोवार शुरु

0
547

बिर्तामोड ।

झापाको कनकाई नगरपालिका ९ घैलाडुव्वामा मुख्य कार्यालय रहेको सन्दर्भ बहुउद्धेश्यीय सहकारी संस्थाले बिर्तामोडमा बिहीबारबाट कारोवार शुरु गरेको छ ।

सरस्वती पूजाको अवसर पारेर बिर्तामोडको शनिश्चरेरोड सिवीकम्प्लेक्समा सेवाकेन्द्र स्थापना गरी कारोवार शुरु गरेको सन्दर्भ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अरुण राजवंशीले बताए ।
२०७० सालमा स्थापना गरिएको संस्थाले बिर्तामोड नगरपालिका क्षेत्रका वासिन्दालाई वित्तिय सेवा पुर्याउने उद्धेश्यले बिर्तामोडमा सेवाकेन्द्र स्थापना गरी कारोवार शुरु गरेको उनले बताए ।

सन्दर्भ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अरुण राजवंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रसाईंले संस्थाको शेयर खरिद गर्नुका साथै वचत खाता खोलेर संस्थाको कारोवारको शुभारम्भ गरेकी थिइन् ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नं ९ का वडाध्यक्ष तथा संस्थापक अध्यक्ष प्रेमप्रसाद राजवंशी , राजवंशी नेता त्रीनारायण राजवंशी , कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशी , राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी , व्यवसायी गौरीशंकर गुप्ता लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा कोचिला गाभुर फ्रन्टका केन्द्रीय उपाध्यक्ष मोहन राजवंशी , सचिव हंशनारायण राजवंशी , कोषाध्यक्ष सविनासिंह राजवंशी , सदस्य प्रमोद राजवंशी , बिर्तामोड आँखा अस्पतालका ठुमन राजवंशी , दृष्टि आँखा अस्पतालका कविन्द्र राजवंशी , मोहन राजवंशी , व्यवसायी कृष्णप्रसाद शर्मा , केशव श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

संस्थाले बिर्तामोड सेवाकेन्द्रबाट साधारण बचत , वाल बचत, चाडपर्व बचत , मासिक बचत ,आवाधिक बचत , अवकास, पेन्सन वचत लगायतका बचत खाता सञ्चालन गरेको सन्दर्भ बहुउद्धेश्यीय सहकारी संस्था बिर्तामोड सेवाकेन्द्रका व्यवस्थापक जयदेव राजवंशीले जानकारी दिए । त्यस्तै साधारण कर्जा , व्यवसायिक कर्जा,पशुपालन कर्जा ,कृषि कर्जा , शैक्षिक कर्जा , वैदेशिक रोजगार कर्जा , आपतकालिन कर्जा लगायतका कर्जा शेयर सदस्यलाई उपलव्ध गराइने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here