मुलुक पछाडि धकेलियो : नेता थापा

0
375

इनरुवा, 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताउनुभएको छ ।

सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उहाँले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाउनुभयो ।

बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here