बिर्तामोड ।

विभिन्न मुद्धामा जिल्ला कारागार झापामा कैद भुक्तानी गरिरहेका कैदी बन्दी विहिवार निक्कै खुशी र उत्साहित देखिए । खुशी देखिनुको एउटै कारण थियो त्यहाँको संङ्गीतीक माहोल । प्रमोद खरेलले ओए झुमा ओए झुमा बोलको गीत गाउँदा त्यहाँको माहोल बेग्लै तातेको थियो । कोही खरेलसंगै गीत गाउँन मस्त थिए त कोही नाच्नमा व्यस्त देखिन्थे । युवादेखि वृद्धासम्म उत्साहित हुँदै प्रमोदका गीतमा रमाएर मनोरञ्जन लिइरहेका थिए । उनीहरुले प्रमोदले गाएका गीतमा पटक पटक वन्स मोर भन्दै पुन गीत गाउन उत्साहित गरिरहेका थिए ।
त्यस्तै गायिका मीना निरौलाले लैजाउला घुमाउन ठमेल वजार लगायतका आधा दर्जन गीतमा पनि कैदीले उत्तिकै साथ दिएका थिए । कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोखरेलले हसाएर कैदीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । राष्ट्रिय स्तरका कलाकार सहित स्थानीय स्तरका कलाकारले पनि वेली डान्स सहितका नृत्य प्रस्तुत गर्दा झापा कारागार विहीवार दिनभर तातेको थियो ।
सहिद दिवसको अवसरमा झापा जिल्ला कारागारमा रहेको वन्दी विकास पुस्तकालयले विविध कार्यक्रमसहित पुस्तकालयलाई सहयोग पु¥याउने दातालाई सम्मानका लागि कार्यक्रमको आयोजना गरेको थियो ।
जिल्ला कारागार झापामा प्रदेश सांसद वशन्त वानियाको प्रमुख आतिथ्यमा वन्दी विकास पुस्तकालयले २३ औं वार्षिकोत्सव कार्यक्रम गरेको थियो ।
कार्यक्रमकै बीच जिल्ला कारागार झापाका नायव सुब्बा हिमा पौडेल, कारागार सुरक्षा प्रमुख उदय सम्शेर जवरा, कारागारका अहेव वलदेव साह, सह लेखापाल निलम खनाल, सहायक कम्प्युटर अपरेटर चन्दना बराल, झापा कारागारकी आन्तरिक प्रशासन प्रमुख भैरवा श्रेष्ठ, कर्मचारी सूर्य भट्टराई, लक्ष्मी सिग्देल रेग्मी, धनराज गिरी, प्रह्लाद ढकाल, खड्ग राजवंशी, कृष्ण राई, सञ्चारकर्मी लीला अनमोल लगायतलाई सम्मान गरिएको थियो ।
वन्दी विकास पुस्तकालयका कोषाध्यक्ष विशाल गिरीले स्वागत गरेको कार्यक्रम वन्दी विकास पुस्तकालयका अध्यक्ष तथा कारागारका आन्तरिक प्रशासन प्रमुख मोहन धितालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, दमकका रोमनाथ ओली, मेचीनगरका विमल आचार्य, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौला, मालपोत कार्यालय झापाका अधिकृत दिपेन्द्रकुमार खत्री, दमक नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञराज निरौला, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष जलकुमार गुरुङ, सचिव मेघराज वास्तोला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वन्दी सहायता संघका अध्यक्ष जगतवहादुर मगर, नर्सिङ संघ झापाकी अध्यक्ष रुची शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटी, लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विन्जु श्रेष्ठले वेली डान्स, वन्दना देवकोटा, दिलमाया लिम्बू, एरिना चौधरी लगायतले नृत्य प्रस्तुत गरेको वन्दी विका पुस्तकालयका सचिव युवराज गिरीले जानकारी दिए । कार्यक्रमको सञ्चालन नारी संचार गृहकी उर्मिला दाहाल र रमेश पोखरेलले गरेका थिए ।






























