झापा ।
पैनीमा डुबेर झापामा एक शिशुको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ स्थित लालपाने बस्ने कुमार श्रेष्ठको २२ महिनाको छोरा सिद्धार्थ श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार खेल्ने क्रममा घर नजिकैको पैनीमा डुबिरहेको अवस्थामा उनका परिवारजनले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको र अस्पतालका चिकित्सकले मृत घोषणा गरी दिएको प्रहरीले जनाएको छ।































