झापामा हराएका मोबाइल कमै भेटिन्छन्

0
584

बिर्तामोड

बिर्तामोड नगरपालिका – २ चारपाने निवासी गीता गुरागाँईको मोबाइल चोरी भएको छ महिना भयो । घरमै चार्जमा राखेको अवस्थामा उनको मोबाइल दिउँसै चोरी भएको थियो ।

मोवाइल चोरी भएलगत्तै उनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् । तर, उनको चोरी भएको मोवाइल प्रहरीले अझैसम्म फेला पार्न सकेको छैन । आफूले प्रयोग गर्दै आएको मोवाइलको आइएमइ नम्वर समेत खुलाएर उनले इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएपनि उनको मोवाइल अफै फेला नपरेको गीताको भनाइ छ ।

चोरी भएको मेरो मोवाइलमा फेसवुक लगआउट गरेको थिइँन । मेरो प्रोफायल फोटो परिवर्तन गर्दै फेसवुक समेत धेरै दिन उसैले चलायो । मेरो फेसवुकमा चोरी गर्ने व्यक्तिले आफ्नो फोटो अपलोड गरेपछि हुलियाका लागि प्रहरीलाई फोटो समेत दिएँ तर, प्रहरीले अझैसम्म मोवाइल फेला पार्न सकेन । सिम समेत धेरै दिन चालू थियो– गीताले भनिन् – प्रहरीकै सल्लाहमा मेरो मोवाइलको सिम प्रयोग गर्ने व्यक्तिसँग कुरा पनि भयो । बुट्टावारीमा भेट्ने योजना अनुसार प्रहरीलाई खवर पनि ग¥यौं तर प्रहरीले सक्रियता नदेखाउँदा मेरो मोवाइल फेला परेन ।

मोवाइल चोरी भएर प्रहरीमा उजुरी गर्ने गीता प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरै मोवाइल हराएर या त चोरी भएर प्रहरी समक्ष पुग्ने गरेका छन् । तर, प्रहरीले थोरै मात्रामा हराएका मोवाइल फेला पार्दै सम्बन्धित धनीलाई वुझाउने गरेको छ ।

प्रहरीको पछिल्लो तीन वर्षे तथ्याङ्क हेर्ने हो भने झापामा मोवाइल हराएका र चोरी भएका मोवाइलका मात्रै उजुरी एक हजार ९ सय ३२ वटा परे । जसमा ४ सय ५१ वटा मात्रै मोवाइल फेला परेका छन् । प्रहरीले अझै १ हजार ४ सय ८१ वटा मोवाइल फेला पार्न सकेको छैन ।

आर्थिक वर्ष २०७६÷०७७मा ८०४ वटा मोवाइल हराएका उजुरी प्रहरी समक्ष परेका छन् । जसमध्ये १ सय ७२ वटा मात्रै मोवाइल फेला परे । आर्थिक वर्ष ०७४÷०७५मा ४ सय ६४वटा मोवाइल हराएका उजुरी परेका थिए भने आर्थिक वर्ष २०७५÷०७६ मा ६६४ वटा मोवाइल हराएका र चोरी भएका उजुरी परेका थिए ।

मोवाइल हराएको वा चोरी भएको भन्दै सवैभन्दा बढी उजुरी इलाका प्रहरी कार्यालय अनारमनीमा पर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७६÷०७७मा ३७५ वटा मोवाइल हराएको उजुरी इलाका प्रहरी कार्यालय झापामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा १३, इलाका प्रहरी कार्यालय दमकमा १८३, काँकरभिट्टामा ६४, धुलावारीमा १०७, झिलझिलेमा ३२, गौरीगञ्जमा १२,वडा प्रहरी कार्यालय भद्रपुरमा १८ वटा मोवाइल हराएको र चोरी भएको उजुरी परेका छन् । प्रहरीले भने जनशक्तिको अभाव देखाउँदै हराएका मोवाइल कमै मात्रामा भेटिने गरेको बताउँदै आएको छ ।

चोरी भएका वा हराएका मोवाइलको आइएमइ नम्वर भए मोवाइल खोज्न सहज हुने प्रहरीले बताउँदै आएको छ । तर, चोरी भएका वा हराएका मोवाइल लामो समयसम्म प्रयोग नगर्दा र भारतीय सीम कार्डको प्रयोग गर्दा मोवाइल नभेटिने सम्भावना रहन्छ– जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here