प्रहरीको सई हुँ भनी ठग्ने पक्राउ

0
543

काठमाडौं ।

नेपाल प्रहरीको सई हुँ भन्दै सोझा(साझा मानिसहरुलाई लक्षित गरी ठगी गर्ने काठमाडौं महानगरपालिका–९ बसुन्धरा बस्ने रामेछाप मन्थली नगरपालिका–२ टेकनपुर घर भएका २६ वर्षीय राजु कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१३ कलङ्कीबाट पक्राउ गरेको हो ।

आफू प्रहरीको सई हुँ, काठमाडौं एयरपोर्टमा कार्यरत् छु र आफूसँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अप्ठ्यारोमा पर्न सक्छु भन्दै आफूसँग भएको ३० लाख रुपैयाँ दिने भनी कार्कीले सिन्धुपाल्चोक हेलम्बू घर भएका एक व्यक्तिबाट ३ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको हो ।

साथै कार्कीले ती व्यक्तिलाई आफूसँग भएको ३० लाख खातामा हालिदिन्छु भनी बैंक ट्रान्जेक्सन देखाउन ३ लाखको चेक काटिदिनुस्, पछि तुरुन्तै ३० लाख खातामा राखिदिन्छु र एउटै शाखाबाट उक्त रकम निकाल्न मिल्दैन भनी चाबहिलस्थित नेपाल बैंक लि.को शाखामा लगी अलपत्र छोडी नेपाल बैंक लिमिटेड, कालिमाटी शाखाबाट नगद ३ लाख रुपैयाँ निकालेका थिए ।

कार्कीको साथबाट नगद ७ हजार ५ सय रुपैयाँ, बा.९१ प ७४४६ नम्बरको मोटरसाइकल, मोबाइल १ थान समेत बरामद गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here