जंगली हात्ती गाउँ पसेपछि …

0
678

बिर्तामोड ।

जंगली हात्तीले शुक्रबार बिहान झापाको अर्जुनधारा–११का ५ घरमा क्षति पु¥याएको छ । नजिकैको चारआली जंगलबाट गाउँ पसेको एकल हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली खाएर नष्ट गरेको छ ।

हात्तीले सालबारी दक्षिण, देउनिया उत्तरतर्फको मानव बस्तीमा पसेर क्षति पु¥याएको हो । स्थानीय युवा सनम राईका अनुसार हात्तीले चौठीलाल चौधरीको घरमा क्षति पु¥याउँदै अन्दाजी १० मन धान खाएर नष्ट गरेको छ । चौधरीको भान्सा घर पूर्णरूपमा क्षति पुगेको छ । त्यस्तै, सुवास तामाङ, गुमानसिंह राई, झाप्रे सतार र अनुपसिंह इङ्नामको घरमा पनि हात्तीले क्षति पु¥याएको छ ।

अधिकांशको घरबाट धान, चामल निकालेर हात्तीले खाएको छ । हात्तीले इँटाको पर्खाल भएको घर समेत भत्काएर अन्नपात खाने गरेको छ । घटना बारे प्रहरी र वडा कार्यालयमा जानकारी गराएको बताइएको छ ।

केही समय अघिदेखि सो स्थानमा आउन थालेको उक्त जंगली हात्तीले दिउँसोको समयमा चारआली जंगलभित्र गएर बस्ने र रात परेपछि मानव बस्तीमा छिरेर उपद्रो गर्ने गरेको छ । थप क्षति हुनबाट बच्नका लागि स्थानीय बासिन्दाले हात्तीलाई धपाएर जंगलतर्फ पठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here