भद्रपुरको देवीवस्ती नाकाबाट तस्करी बढ्यो, दुई लाखको सामान बरामद

0
859

भद्रपुर ।

भद्रपुर नाकाबाट फेरि तस्करी गतिविधि सुरु भएको छ । वडा प्रहरी कार्यालय भद्रपुरले दुई लाखको सामान बरामद गरेसँगै तस्करी गतिविधि सुरु भएको हो ।

वडा प्रहरीले भद्रपुर ५ देववस्ती स्थित मेची नदी पारीबाट ठुलो परिणाममा नेरोल्याक पेन्ट (कलर) र विद्युतीय सामान बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकार राज पन्तले जानकारी दिए । भारतबाट चोरी निकासी गरी भित्राइएको सो सामान तस्करले देविवस्ती नाकाबाट भित्राउन खोजेका थिए ।

बरामद गरिएको सामान कसको भन्ने नखुले पनि सामान न्यु कृष्ण लेखिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा भद्रपुर ५ को देवीवस्ती र गणेश मन्दिर नाकाबाट सुर्ती, लत्ताकपडा लगायतका सामानहरू भन्सार छलेर भित्रिरहेको छ । सो नाकामा सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले चौबिसै घण्टा ड्युटी खटाए पनि प्रहरीकै संलग्नतामा सामान भित्रिने गरेको स्थानीयको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here