जन्मदिनमा सामाजिक सेवा

0
513

बिर्तामोड ।

झापाका एक युवा व्यवसायीले आफ्नो छोरीको जन्मदिन फरक तरिकाले मनाएका छन् । बिर्तामोड १ का युवा व्यवसायी विकास वस्नेत र सरिना श्रेष्ठ वस्नेतले आफ्नी छोरी लुनिभा वस्नेतको जन्मदिन सामाजिक कार्य गरेर मनाएका हुन्।

छोरी लुनिभाको प्रथम जन्मदिनको अवसरमा वस्नेत दम्पतिले अर्जुनधारा नगरपालिका ६ कप्तानबारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई लत्ताकपडा , शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

छोरीलाई सानै उमेरदेखि सामाजिक उत्तरदायित्वका बारेमा बोध गराउने र भाबी दिनमा समाजको हितमा काम गर्नु पर्छ भन्ने भावना जागृत गराउन यस प्रकारले जन्मदिन मनाइदिएको लुनिभाका बुवा विकास वस्नेतले बताए ।

पछिल्लो समय जन्मदिन खर्चिलो र भड्किलो बन्दै गएको र जन्मदिनमा खर्च गर्ने रकम कटौती गरी जन्मदिन मनाउनु पर्छ भन्ने सन्देश दिन यसप्रकारले छोरीको जन्मदिन मनाइदिएको उनले बताए ।

वीरता जेसीजको संयोजनमा उक्त कार्यक्रम गरिएको बताइएको छ । वीरता जेसीजका वर्ष २०२० का अध्यक्ष मिजाश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले वस्नेतले गरेको कार्यको प्रसंसा गर्दै यस्तो कार्यको सवैले अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सहजीकरण वीरता जेसीजका वर्ष २०२० का महासचिव विकास वस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here