नगरस्तरीय हाजिरी जवाफमा सिंहदेवी मावि प्रथम

0
1176

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ मा रहेको सिंहदेवी माध्यमिक विद्यालय पुर्नजागरण युवा क्लबद्वारा शनिबार आयोजित नगर स्तरिय अन्तर मा.वि. हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ ।

अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयमा शहीद सप्ताह कार्यक्रमको सन्दर्भमा आयोजित प्रतियोगितामा १५ अंक प्राप्त गरेको सिंहदेवी प्रथम भएको हो । त्यसैगरी प्रतियोगितामा १३ अंक प्राप्त गरेको अर्जुनधारा–३स्थित न्यू होप इङलिस सेकेन्डरी स्कूल द्धितीय र ११ अंक प्राप्त गरेको अर्जुनधारा–६स्थित देवभूमि विद्यापीठ तृतीय भएका छन् ।

प्रथम, द्धितीय र तृतीय हुने विद्यालयका सहभागी विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सयसहित शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङ, हाल कतारमा रहेका नगद पुरस्कार प्रायोजन गर्ने दाता पूर्णबहादुर कार्कीका पिता अमर कार्की र क्लबका अध्यक्ष सन्तोष पौड्यालले नगद तथा पुरस्कारहरु प्रदान गरेका थिए ।

आठ वटा सामुदायिक र तीन वटा संस्थागत गरि जम्मा ११ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको पहिलो चरणमा लिइएको लिखित परीक्षाबाट छ वटा विद्यालय छनौट भएका थिए । छनौट भएका अन्य तीन विद्यालयमा प्रगति अङग्रेजी आवासिय विद्यालय, भानु माध्यमिक विद्यालय र महारानीगञ्ज माध्यमिक विद्यालय रहेका छन् ।

क्लबका पूर्व कोषाध्यक्ष सुशिल ढुंगेलले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको कार्यक्रममा पूर्व सचिव दिनेश खतिवडाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । त्यसैगरि सहसचिव दुर्गा रिमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्व सचिव प्रकाश दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here