सुनसरीमा सवारी दुर्घटना झापाका कोइराला दम्पत्तिसहित चारको मृत्यु, ६ जना घाईते

0
787

धरान,

सुनसरीको तित्रृबनामा (झुम्का देखि केहि दक्षिण) सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएको छ ।

आज बिहान इटहरीबाट इनरुवा तर्फ जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाएस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो ।

मृत्यु हुनेहरुमा हायसका चालक दिपक खडका, झापा भद्रपुरका (पति पत्नी) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन ।

एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर विजय दाहालले जानकारी दिए । उनको पहिचान खुलेको छैन ।

धरान इटहरीमा घाइतेहरुको उपचार भइरहेको छ भने वीपीमा हुने २ जना घाईतेको अवस्था सिकिस्त रहेको छ ।-कपुरी न्यूज डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here