बिर्तामोडका अभिषेकको हत्यामा संलग्न दुई जना पक्राउ

0
584

झापा ।

झापाको विर्तामोडका २० वर्षीय अभिषेक कटुवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विजय कार्की र अर्जुन कार्की रहेको मोरङ प्रहरीले जनाएको । उनीहरु मध्ये एकलाई विराटनगर र एकलाई बेलबारी नगरपालिकाको बाहुनी क्षेत्रबाट पक्राउ गरेको हो ।
मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा कटवालको शव भेटिएको थियो ।

विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका– १२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ बालुवा र परालले छोपेको अवस्थामा शव भेटेको प्रहरीले अनुसन्धानका क्रमम दुईजनालाई पक्राउ गरेको हो ।

मामाघर बस्दै आएका कटुवाल माघ ९ गते मे १० प ८६७५ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए । विराटनगर आएका उनी विजय र अर्जुनसँग जोगवनी बजार पुगेका थिए । घटना सोही दिन भएको प्रहरीले जनाएको छ । घरबाट निस्किएको चार दिनसम्म अभिषेक घर नफर्किएपछि उनका आफन्तले गत सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा खोजी दिन निवेदन दायर गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुईजना लागूऔषध प्रयोगकर्ता रहेको बताएको छ । मृतक पनि लागूऔषध प्रयोगकर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका विजयले मृतकको जुत्ता र स्कुटर लगेका थिए भने अर्जुनले ज्याकेट लिएर गएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here