नक्कली गहनाको अवैध आयात

0
798

काँकरभिट्टा, पछिल्लो समय पूर्वी नाकाबाट अवैध रुपमा नक्कली गरगहनाको आयात हुने गरेको रहस्य खुलेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर, राजश्व भन्सार सुरक्षा गुल्म काँकरभिट्टाले पूर्वीनाकामा चेकजाँचमा कडाइ गर्न थालेपछि अहिले यस्ता गरगहना धमाधम पक्राउ पर्न थालेका छन् ।


गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलका अनुसार सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीकोे नेतृत्वको प्रहरी टोलीले झापाको मेचीनगरका विभिन्न स्थानबाट यस्ता गरगहनासहित ३ लाख ७६ हजार ३ सय रुपैयाँ मूल्य बराबरका अवैध सामान पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । पक्राउ परेका नक्कली गहनामा सुनको लेपन लगाएको चुरा, सिक्री झुम्का छन् ।

प्रहरीले गरगहनासहित लत्ताकपडा, औषधिसहित खाद्यवस्तु पक्राउ गरेको हो । सवै सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।
केही दिनअघि मेचीनगर—८स्थित जोरसिमलबाट एकैदिन अवैध औषधिसहित लाखौँ रुपैयाँका सामान बरामद गरिएको थियो । खुला सीमानाको फाइदा उठाएर यसमा संलग्नहरुले कैरियरमार्फत सामान भित्र्याउने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here