गरीवका घर बनाउ“दै बिर्तामोड नगरपालिका

0
996

बिर्तामोड, बिर्तामोड नगरपालिका वडा नम्वर १ले विपन्न नागरिकका लागि घर निर्माण शुरु गरेको छ ।

सहारा नेपाल (साकोस), ह्याविट्याट फर ह्युमानेटीसँगको साझेदारीमा बिर्तामोड नगरपालिकाले विपन्न नागरिकको घर निर्माण शुरु गरेको हो । विपन्न आवास कार्यक्रम अन्तर्गत बिर्तामोड–१मा २० वटा घर निर्माण शुरु गरेको बिर्तामोड नगरपालिका वडा नम्वर १का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार घर भूकम्प प्रतिरोधी हुनेछ । भुइँ घर भए पनि तीन सुते रड प्रयोग गर्दै वरण्डा सहितको तीन कोठे घर निर्माण गरिनेछ । डेढ फिट कुर्सी उठाएर अढाई फिटमाथि झ्यालसम्म प्लम लगाउँदै निर्माण गरिने घर केमिकलयुक्त वाँसको प्रयोग गरिन्छ– वडाध्यक्ष पाण्डेले भने – निर्माण गरिने सबै घर एकै प्रकारका हुनेछन् ।

चालू आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाले २ सयवटा घर निर्माण गर्ने भएको छ । प्रत्येक घर निर्माणका लागि दुई लाख रुपैयाँ खर्च हुने बताइएको छ । घर निर्माणका लागि वडा नम्वर १ मा खेमनाथ न्यौपानेको संयोजकत्व रहेको समितिले काम गरिरहेको वडाध्यक्ष पाण्डेले बताए । समिति सात सदस्यीय रहेको बताइएको छ । बिर्तामोड नगरपालिका–१मा ५० घर अति विपन्न रहेको र २० घर पहिलो चरणमा निर्माण गर्ने र बाँकी ३० घर आगामी आर्थिक वर्षमा निर्माण गर्ने बताइएको छ ।

जग्गा भएका तर, अतिविपन्न परिवारका लागि नगरले घर निर्माण गर्ने योजना अनुसार नचानु गाउँका छत्रसिंह राजवंशीको घर शिलान्यास गर्दै वडा नम्वर १मा विपन्न आवास कार्यक्रम शुरु भएको हो । घरको शिलान्यास बिर्तामोड नगरपालिका प्रमुख ध्रवकुमार शिवाकोटीले गरेका थिए । घरको छाना टिनको भए पनि लामो समयसम्म बस्न मिल्ने गरी आधुनिक तरिकाले घर निर्माण गरिने छ ।

बिर्तामोड–१ नम्वर वडाले आर्थिक वर्ष २०७४÷०७५मा टुकीरहीत उज्यालो वडा घोषणा गरेको थियो । त्यस्तै २०७५÷०७६ मा डुवानमुक्त वडा घोषणा गरेको छ । डुवानमुक्त वडा घोषणा गरेसँगै बिर्तामोड नगरपालिका–१ भएर बग्ने अन्धुवा खोलामा तटवन्धनको काम शुरु गरेको र यस पटक पनि जनताको तटवन्धनसंग सहकार्य गर्दै खोला नियन्त्रणका लागि थप काम अघि वढाइने वडाध्यक्ष पाण्डेले बताए । विर्तामोड नगरपालिकाले गत वर्ष सहारा नेपालसंग सहकार्य गर्दै ७४ वटा घर निर्माण गरेको थियो ।

यसैबीच बिर्तामोड नगरपालिका–१ को समपूरक बजेटबाट अतिथि सदन पश्चिम जगतमार्ग हुँदै श्रीजंघा मार्ग र लोकतान्त्रिक मार्गका लागि ढल र प्लमसहित कालोपत्रे हुने भएको छ । त्यस्तै गौरवको योजना अन्तर्गत ३० लाख रुपैयाँमा सूर्य नगरमा साढे पाँच मिटर डे«नसहितको सडक निर्माण हुने भएको छ ।

प्रदेश सरकारको सहयोगमा वडा नम्वर १को पुरानो यातायात कार्यालय अगाडिको सडक निर्माण भइरहेको वडा अध्यक्ष पाण्डेले जानकारी दिए । सो सडक निर्माणका लागि ८० लाख रुपैयाँ १ नम्वर प्रदेश सरकारले प्रदान गरेको बताइएको छ । सो सडक नाला र डे«नसहितको हुनेछ ।

वडा नम्वर १मा गठित ३५ वटा टोल विकास समितिले अहिले वडामा भइरहेको विकास निर्माणका काम हेर्दै आएको बताइन्छ । दुई हजार घरधुरी रहेको वडामा १५ हजार जनसंख्या रहेको वडा अध्यक्ष पाण्डेले बताए ।
वडाको विकासका लागि एक करोड ८ लाख रुपैयाँ नगरबाट सिलिङ बजेट छुट्टिएको र वाँकी वजेट प्रदेश र संघसंग सहकार्य गर्दै वडा भित्र्याएर विकास निर्माणका काम अघि बढाइएको वडाध्यक्ष पाण्डेको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here