प्रविधिको विकासंगै साइबर अपराध बढ्यो

0
652

 

नरेन्द्र ढकाल

इटहरी,
प्राविधिको विकासभएसंगै पछिल्लो समय साइबर अपराधका घटनामा वृद्धिभएको प्रहरीले जनाएको छ । साइबर अपराधका घटनामा मृद्धा प्रकृया झञ्जटिलो भएकाले राजधानी बाहिरका पिडित झनै पिडित बन्नुपरेको प्रहरीले स्वीकार गरेको छ ।

साइबर सम्बन्धिका अनुसन्धान महानगरीय प्रहरी परिसर काठमाण्डौं, सिआईबी र साइबर ब्यूरोले मात्रै हेर्ने भएकाले समस्या उत्पन्न भएको हो । साइबर अपराध सम्बन्धिका मुद्धा काठमाण्डौं जिल्ला अदालतबाट मात्र दर्ता हुने गरेका छन् । अपराध तथा सुरक्षा विषय अन्तक्रिर्या कार्यक्रममा प्रशिक्षण दिदैं मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले साइबर अपराधका घटनाले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

समाजमा इज्जत जाने डरले कतिपयले साइबर अपराधका घटनालाई गुपचुप बनाउने गरेको र यसको सबै वास्तविता आउँदा समाजमा गतल सन्देश जान सक्ने डरले पिडितले पिडा सहेरै बस्ने गरेको र कति पय अवस्थामा आत्महत्याकै स्थिततिमा पुग्ने गरेका घटना अनुसन्धानका क्रममा आउँने गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रदेश–१ को राजधानी रहेको मोरङ जिल्लामा समेत साइबर अपराधका घटना वर्षेनी वृद्धि भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । उनका अन’सार गत आर्थिक वर्षमा मात्रै साइबर अपराधका २५ भन्दा बढी उजुरी जिल्ला प्रहरी कार्यालय मोरङमा दर्ता भएका थिए । जसमध्ये एउटा मात्रै काठमाण्ठौं जिल्ला अदालत मार्फत मुद्धा दर्ता भएको प्रहरी उपरीक्षक अधिकारीले बताए । काठमाण्डौं सम्म मुद्धा दर्ता गर्न जानुपर्ने झञ्जटिलो प्रक्रियाले कतिपयले प्रहरी कार्यालयमा मात्रै अभद्र ब्यवहार अन्र्तगत मुद्धा चलाउन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रविधिको विकासभएसंगै युवापुस्ता साइबर अपराधको उच्च जोखिममा रहेको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ । प्रदेश–१ मा समेत साइबर अपराधका घटना दिनप्रतिदिन बढिरहेकाले यस तर्फ जागरण फैल्याउन पत्रकारलाई आग्रह गरे । साइबर अपराधले सबैभन्दाबढी महिला नै पिडित हुनेगरेको प्रहरीको भनाई छ । सम्बन्ध गाँसुन्जेल सबैकुरामा सहमति जनाउने र सम्बन्धमा दरारारपन उत्पन्न भएपछि त्यसलाई नै आधार बनाएर अपराध गर्ने गरेका घटनाहरु बढ्दै गएको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ । साइबर अपराध गर्नेहरुलाई कसुर हेरेर जन्मकैद सम्मको सजाय हुने ब्यवस्था ऐनमा रहेको छ ।

साइबर अपराध सम्बन्धि अनुसन्धान गर्न न्यायाधिकरण गठन गर्ने र मुद्धा दर्ता प्रक्रियालाई सहज बनाउने विषयमा कानुन बनेपनि लामो समयदेखि न्यायाधिकरण गठन नहुदाँ साइबर अपराधको मुद्धा दर्ताका लागि राजधानी धाउँनुपर्ने बाध्यता रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व डीआजी केशबहादुर शाहीले इन्टरनेटको पहुँच विस्तारभएसंगै साइबर अपराधका घटनामा वृद्धिभएको उल्लेख गरे । उनले नेपालमा मात्र नभएर संसारलाई नै साइबर अपराध टाँउको दुखाईको विषय बन्न पुगेको बताए । उनले साइकरकै माध्यबाट महत्वपूर्ण जानकारीहरु चोरी हुनेगरेको उल्लेख गरे । साइबरकै माध्यमबाट नेपालमा नै चिनियाँ अपराधिहरुले बैंक ह्याक गरेर करडौं रुपैंया चोरी गरेको भन्दै साइबर सुरक्षा मुख्या चुनौतिको रुपमा खडा भएको बताए ।

उनले नेपालमा अन्तराष्ट्रिय आतंकरबादीहरुको चलखेल हुन सक्ने तर्फ संकेत गर्दै विदेशबाट नेपाल भित्र्नेहरुको सबै विवरण राख्नुपर्ने उल्लेख गरे । भारतसंग खुल्ला सिमाना भएका कारण नेपालमा अपराध गर्ने र भारतमा लुक्ने तथा भारतमा अपराध गरेर नेपालमा लुक्ने गरेको घटनाहरु यथावत रहेको भन्दै यसतर्फ पत्रकारहरु कलम चलाउन आग्रह गरे ।

इटहरीमा पत्रकारलाई अपराध तथा सुरक्षा तालिम

रिफ्रस मिडिया नेटवर्क र हेल्पिङ युथ सुसरीले संयुक्त रुपमा आयोजना गरेको अपराध तथा सुरक्षा तालिम सोमबारबाट सुनसरीको इटहरीमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै प्रदेश संसाद सर्वधोज साँवाले मोफसका पत्रकारहरुलाई अपराध तथा सुरक्षाका विषयमा समाचार प्रकाशन तथा प्रशारणका लागि यो तालिम फलदायी बन्ने बनाए । उनले यस्ता तालिमले विषयको विज्ञता हासिल गर्न सहजता मिल्ने उल्लेख गरे ।

त्यस्तै प्रदेश–१ प्रहरी प्रमुख डीआजी ठाकुरप्रसाद ज्ञावलीले कतिपय अपराधका घटनामा हतारोपन गर्दा अनुसन्धान नै प्रभावित हुने गरेकाले यो तालिमले पत्रकारलाई अझ जिम्मेवार बनाउने उल्लेख गरे । उनले पछिल्लो समय सामाजिक सञ्जाल र केहि युटुबका कारण समाजमा हिंसा भड्कने स्थिती आँउने अवस्था समेत सिर्जना भएको बताए । उनले समाचार लेख्न हतारो नगर्न भन्दै सत्यतथ्य समाचार लेखेर अपराध न्यूनिकरणमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।

रिफ्रेस मिडिया नेटवर्कका अध्यक्ष मनोज भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश–१ ट्राफिक प्रहरी प्रमुख भीम दाहाल, नेपाल पत्रकारमहासंघ सुनसरी अध्यक्ष अम्बर खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए । राजन केडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन त्रिलोचन पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here