वडा कार्यालयमा वम विष्फोट गराएको आरोपमा पक्राउ

0
893

सुरुङ्गा, गत भदौमा बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय वम विष्फोट गराएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा नेकपा नेत्र विक्रम चन्द समूहका मेची व्यूरो सदस्य तारा थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार थापालाई प्रहरीले दमकबाट पक्राउ गरेको हो ।
बिर्तामोड–९ स्थित गरामनीमा रहेको संयुक्त वडा कार्यालय ७, ८ र ९ मा वम विष्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो । यस अघि प्रहरीले सोही घटनामा सम्लग्न भएको भन्दै दुई जनालाई पक्राउ गरिसकेको छ । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here