‘आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक’

0
654

अमित खम्बू
अर्जुनधारा, औषधीप्रतिको भ्रम र विशेष अवसर पारेर मात्र खुवाइएको हुँदा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्न सर्वसाधारणहरुलार्ई खतरा जस्तो लाग्ने गरेको अर्जुनधारा नगर स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेतले बताए ।

स्थानीय अर्जुनधारा प्रेस क्लबमा आबद्ध पत्रकारहरुसँग मंगलबार आयोजित रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्ने क्रममा सहजकर्ता संयोजक बस्नेतले सो कुरा बताएका हुन् ।
नियमितरुपमा छ वर्ष खाए रोग नलाग्ने भनी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले समेत प्रमाणित गरेको अवस्थामा पनि सर्वसाधारणहरुले यसको सेवन नगर्नु त्यही विशेष अवसरमा खुवाइएको कारण भएको उनले बताए ।

‘स्वास्थ्य परीक्षण नगरि त ज्वरो आँउदा र टाउको दुख्दा खाने निम्स र फ्ल्याक्सनले पनि मानव स्वास्थ्यलाई असर गर्छ नि !’–उनको भनाइ छ ।
आम औषधी सेवन कार्यक्रम सञ्चालन गर्नुको उद्धेश्य रोगको संक्रमण फैलनुबाट रोक्नु र बिरामीको संख्यामा कमी ल्याउनु तथा रोगका बिरामीहरुलाई दिर्घरोग, अशक्त र कुरुप हुनबाट जोगाउनु रहेको उनले प्रष्ट पारे ।

गत आर्थिक वर्षमा शाखाले इम्यूनोकोमाटोग्राफिक टेष्टबाट नगरका तीन सय जनाको रगत परीक्षण गरेकोमा छ जनामा हात्तीपाइले रोगको संक्रमण फेला परेको तथ्य कार्यक्रममा सार्वजनिक गरेका थिए । त्यसकारण आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

आगामी माघ २५ देखि १० दिनसम्म सञ्चालन हुने अभियानको लागि नगरस्तरिय योजना तर्जुमा र बहुनिकाय गोष्ठी, स्वास्थ्यकर्मीहरुको अभिमुखिकरण, सबै वडामा वडास्तरिय अन्तरक्रिया कार्यक्रम, महिला स्वास्थ्य स्वमंसेविकालाई अभिमुखिकरणलगायतका कार्यक्रम गरिएको शाखाकी सहसंयोजक दुर्गा चापागाईंले जानकारी दिइन् ।

माघ २५ गते प्रत्येक सबै केन्द्रमा खुवाइने हात्तीपाइले रोगको औषधी २६ गतेदेखि ३१ जना स्वास्थ्यकर्मीलाई परिचालन गरि घरभेट कार्यक्रम अन्र्तगत सेवन गराइने सहसंयोजक चापागाईंले बताइन् । ४० देखि ४५ हजार जनालाई औषधी सेवन गराउने लक्ष्य लिएको शाखाले १२ सय घरधुरी सम्म दुई जना, १२ सय देखि १४ सय घरधुरी सम्म तीन जना र १४ सय घरधुरी भन्दा बढीलाई चार जना स्वास्थ्यकर्मीलाई जिम्मेवारी दिइएको बताइएको छ ।

शाखाले दिएको जानकारी अनुसार १ नम्बर वडामा तीन जना, २ नम्बर वडामा दुई जना, ३ नम्बर वडामा तीन जना, ४ नम्बर वडामा तीन जना, ५ नम्बर वडामा चार जना, ६ नम्बर वडामा तीन जना, ७ नम्बर वडामा दुई जना, ८ नम्बर वडामा दुई जना, ९ नम्बर वडामा तीन जना, १० नम्बर वडामा दुई जना र ११ नम्बर वडामा चार जना स्वास्थ्यकर्मी परिचालन गरिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here