नेवाः पासा बिर्तामोडमा दिनेश

0
762

बिर्तामोड ।

नेवाः पासा मुना पुचः विर्तामोड नगर समितिको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन् । संस्थाको २६ औं साधारण सभा तथा ११औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्ष राजिब श्रेष्ठ , सचिव कमल श्रेष्ठ , सहसचिव मिलन शाक्य ,कोषाध्यक्ष समिर ताम्राकार ,सह कोषाध्यक्ष तारा श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रभात मानन्धर , निलकुमार श्रेष्ठ , शर्मिला शाक्य , भोजकुमार मास्के , निरु खड्का श्रेष्ठ , दिपेश बैध र गीतादेवि श्रेष्ठ रहेका छन् ।

संस्थाकी अध्यक्ष इश्वरा श्रेष्ठको अध्यक्षता तथा डा. राजेश प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष दिनेश श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेवाः देय् दवूका केन्द्रीय उपाध्यक्ष कृष्ण उदास , नेवाः देय् दवू झापाका अध्यक्ष दिनेश शाक्य , नेवाः पासा मुना पुचः विर्तामोड नगर समितिका संस्थापक अध्यक्ष दिनेश मल्ल , पूर्व अध्यक्ष श्यामकुमार ताम्राकार , व्यवसायी देवीभक्त श्रेष्ठ , बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा संस्थाको निर्माणाधिन भवन नेवाः छें को पहिलो तलाको उद्घाटन गरिएको थियो । भवनको उद्घाटन प्रमुख अतिथि डा. राजेश प्रधानले गरेका थिए । भवनको पहिलो तला ५४ लाख ८७ हजार , छ सय ६४ रुपैयाँको लागतमा निर्माण गरिएको निर्माण समितिका संयोजक निर्मल कर्माचार्यले जानकारी दिए । कार्यक्रममा दिपक प्रधान , अर्थ संयोजक प्रमेश हलवाईलगायतले आर्थिक गतिविधीमाथी प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा ७५ वर्षमाथिका नेवार समुदायका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने संस्थालाई सहयोग गर्ने मिलन शाक्य , इन्द्रसिंह श्रेष्ठ , अष्ट डेन्टल हाउस ,बिर्तामोड आँखा अस्पताललगायतलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । संस्थाका सहसचिव कमल श्रेष्ठ कार्यक्रम संयोजक रहेको कार्यक्रमको सञ्चालन सचिव राजिब श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here