अपराध रोक्न स्थानीय जागरुक हुनुपर्छ

0
646

कांकरभिट्टा ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले समाजमा हुने आपराधिक गतिविधि नियन्त्रणमा स्थानीय समुदायको भूमिका निक्कै ठुलो हुने बताउनुभएको छ ।

मंगलबार झापाको मेचीनगरमा समुदाय प्रहरी साझेदारी पालिका समित मेचीनगरको सहकार्यमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा भएको सिमाक्षेत्रमा हुने अपराध न्यूनिकरण र शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रियामा बोल्दैं प्रहरी उपरीक्षक कोइरालाले उक्त कुरा बताउनुभएको हो ।

उहाँले समाजमा हुने कुल घटनामध्ये ५० प्रतिशतभन्दा बढी मादक पदार्थका कारण हुने एक अध्ययनले देखाएको भन्दैं लागुऔषध तथा मादकपदार्थ जस्ता समाजमा दुर्घटना निम्तिायने यस्ता वस्तुको ओसारपसार खरिद विक्री रोक्न समुदाय अघि बढ्नुपर्नेमा बताउनुभयो ।

नेपाल प्रहरी वर्दी र नागरिक विना वर्दीका प्रहरी भएकाले अपराध न्यूनिकरणमा एकसाथ अघि बढ्न उहाँले आग्रह गर्नुभयो । समाज र प्रहरी मिलेर एकसाथ अघि बढेमात्र सभ्य समाजको निर्माण हुने र जनताले खोजे अनुसारको शान्ति सुरक्षा महशुस गर्ने प्रहरी उपरीक्षक कोइरालाले जानकरी गराउनुभयो ।

अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता जरी बढीरहेका छन् यसको दुरुपयोग पनि उत्तिकै बढेको भन्दैं यसको दुरुप्रयोगले समाजमा अपराध बढेको उहाँको तर्क थियो । उहाँले सामाजिक सञ्चालको माध्यमबाट समाजमा निक्कै ठुल्ठुला घटना भएको बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अहिले देशभरिमा ९४ करोड रुपैयाँ मुल्य बराबरको प्रविधि, सवारी साधन प्राप्त भएको जानकारी गराउदैं उहाँले झापा जिल्लामा मात्र ९ वटा मोटरसाईकल ६४ वटा सिसि क्यामरा प्राप्त भएको बताउनुभयो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको सभापतित्व र उपप्रमुख मीना पोखरेल उप्रेतीको विशेष आतिथ्यता भएको कार्यक्रममा बोल्दैं उहाँले नेपाल प्रहरीले सिमित स्रोत र साधनका वावजुद पनि जनतालाई शान्ति सुरक्षा प्रदान गरेको बताउनुभयो । अहिले १ जना प्रहरीको भागमा १२ सय जनसंख्याको शान्ति सुरक्षाको जिम्मेवारी रहेको र १ जना टाफिक प्रहरीको भागमा १८ सय सवारी साधन पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गदैं इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले अन्य सीमाभन्दा काँकरभिट्टा सिमा निक्कै सुरक्षित रहेको बताउनुभयो । उहाँले कहि कतै कुनै आपारधिक गतिविधि हुने संकेत मिले तत्काल प्रहरीलाई खवर गर्न आग्रह गर्नुभयो ।

मेची सामुदायिक प्रहरी सेवाकेन्द्रका महासचिव गंगाप्रसाद कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरु गोविन्द न्यौपाने, भरत राई, हिम्मत क्षेत्री, महिन्द्र मल्ल, वीना तामागं, केश्व गिरीरामबहादुर तामागं, खडानन्द भण्डारीलगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here