इटहरी,
लिम्बूवान-किरात संयुक्त संघर्ष समितिले प्रदेश-१ को नाम ‘लिम्बूवान-किरात’ राख्न माग गरेको छ। सत्तापक्ष नेकपाका नेतासमेत रहेकाले नै विज्ञप्ति निकालेर पहिचानको आधारमा नाम राख्नु पर्ने माग राखेका हुन्।
माघ २३ सुरु हुने अधिवेशनमै नामको टुंगो लगाउने चर्चा चलिरहँदा लिम्बूवान किरात संयुक्त नामको प्रस्तावसहित समितिले सरकारसमक्ष माग गरेको हो। संयुक्त नामका लागि नेकपाका आदिवासी नेता र लिम्बूवानका नेताहरू अहिले एक ठाउँमा देखिएका छन्। मोर्चाको पहिलो लाइनमा देखिने कुमार लिङ्देन अहिले मोर्चाको तेस्रो नम्बरमा देखिन्छन्।
मोर्चाको पहिलो नेतृत्वमा नेकपा सम्बद्ध लिम्बू राष्ट्रिय मोर्चाका संयोजक तथा धरानका नेकपाका नेता मुक्सामहाङ मेन्याङ्बो देखिन्छन्। हिँउदे अधिवेशन सुरु हुँनै लाग्दा संघर्ष समितिले सरकारसमक्ष नामको माग पेस गरेको हो। बुधबार इटहरीमा संयुक्त मोर्चाले आयोजना गरेक पत्रकार सम्मेलनमा लिम्बूवान किरात नामको मागअघि सारेको हो।
‘पहिचानको आधारमा नाम राख्न सरकारलाई आग्रह गरेका हौँ’ मेन्याङ्बोले भने ‘पहिचानलाई थाती राख्ने हो भने यो लडाइँ लामो समयसम्म हुन सक्छ।’ लिम्बूवान मात्र नाम हुनु पर्छ भन्दै आन्दोलनमा आएको लिम्बूवान मन्चका अध्यक्ष लिङ्देन पनि लिम्बूवान-किरात नामको सन्दर्भमा एक ठाउँमा देखिएका छन्। ‘आफैँ-आफैँ नै नमिल्ने तर्क राज्य पक्षकाले गर्दै आएका थिए’ लिङ्देनले भने ‘अहिले हामी एकै ठाउँमा आएका छौँ, अब के तर्क निकाल्ने हो फेरि।’
प्रदेशको भौगोगिक अवस्था, सामाजिक, सांस्कृतिक, पहिचानको आधारमा लिम्बूवान स्वायत्त प्रदेश प्राप्तीका लागि उठेका राजनीतिक आन्दोलन नामको मुख्य स्रोत हुनुपर्ने धारणा संघर्ष समितिको छ। विगतमा नेपाल सरकारसँग पटकपटक भएका सहमति र सात सालको क्रान्ति, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बूवान आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनगर गर्दै ‘लिम्बूवान, किरात’ नाम हुनुपर्ने धराणा लिङ्देनको थियो। संघर्ष समितिको विज्ञप्तिमा २१ संगठनहरूले हस्ताक्षर गरेका छन्।
बिहीबारबाट सुरु हिउँदे अधिवेशनबाट प्रदेश १ को नामकरण टुंगो लगाउने मुख्यमन्त्री शेरधन राईले उद्घोषसमेत गरेका थिए।
































✊️✊️✊️
Sagarmatha ,ya pathibhara
Naam nai upaukt hola
Well up to the Public to vote/ choose and democratic vote counts not just few people’s opinions on the issue of Name of the province.
पहिचान को आधारमा योगदान लाइ सम्मान गर्दै प्रदेश १ को लिम्बुवान किराँत को बिकल्प छैन ।मेरो फुल सहमति छ
Limbuwan kirat