सुरुङ्गा।

सुरुङ्गा जेसीजको ११ औं पद हस्तान्तरण कार्यक्रम वर्ष २०१९का अध्यक्ष कमल कट्टेलले जेसीज अध्यक्षीय चेन वर्ष २०२०का अध्यक्ष त्रिलोचन उप्रेतीलाई हस्तान्तरण गरी सम्पन्न भएको छ ।
यस अघि नै सुरुङ्गा जेसीजको १२औं साधारणसभाबाट सर्वसम्मत रुपमा वर्ष २०२० को अध्यक्षमा उप्रेती निर्वाचित भएका थिए । कार्यकारिणी उपाध्यक्षद्वयमा सुमन कार्की र प्रबिन तिम्सिना तथा चारजना उपाध्यक्षमा क्रमशः अनमिका सिटौला मैनाली, बिनिता मैनाली बिमली, केशब शिवाकोटी र दीपेन्द्र प्रधान साथै जनसम्पर्क अधिकारीमा प्रतापबाबु कट्टेल सर्वसम्मत रुपमा निर्वाचित भएका थिए ।
त्यस्तै कानूनी सल्लाहकारमा यदुका (उषा) उप्रेती, महासचिवमा अर्जुन बोहोरा र कोषाध्यक्षमा किशोर दाहाल मनोनित भएका थिए । पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष उप्रेतीले सचिवमा दुर्गाप्रसाद पाठक, सहकोषाध्यक्षमा सुशिला बोहोरा कार्की, तालिम संयोजकमा चन्द्रकला ढकाल सिटौला, जेसीज सप्ताह संयोजकमा सुष्मा न्यौपाने उप्रेती, लोम सम्पादकमा राजकुमार कट्टेल, वातावरण संयोजकमा हिमांशु उप्रेती, व्यवसाय संयोजकमा भूवन खरेल, थिम डाइरेक्टरमा नमिता काफ्ले, स्वास्थ्य संयोजकमा मेनुका उप्रेती (देवका), सांस्कृतिक संयोजकमा खुश्बू पौडेल तिम्सिना, महिला संयोजकमा मुक्ता कार्की दाहाल, सञ्चार संयोजकमा रिशबसिंह चाहार र खेलकुद संयोजकमा टीकाराम भण्डारी (सुदीप) लाई मनोनयन गरेको जानकारी दिए ।
सो अवसरमा बालबालिकाका क्षेत्रमा क्रियाशील अभियन्ता इन्दिरा रानामगरलाई वर्ष उत्कृष्ट नागरिकका रुपमा अभिनन्दन गरिएको थियो । प्रदेश नं. १ का कानून तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा क्षेत्र नं. ४का प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका उपमेयर मञ्जु प्रसाई, नेपाली कांग्रेसका नेता देउकुमार थेबे लगायतले सुरुङ्गा जेसीजले व्यक्तित्व तथा नेतृत्व विकास र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।































