दुहागढी ।

अचार वनाउने ४ दिने तालिम चारआलीमा बिहिवार सम्पन्न भएको छ ।
चारआली वचत तथा ऋण सहकारी संस्थाको महिला ससक्तीकरण उप–समितिको आयोजनामा प्रशिक्षण सम्पन्न भएको हो । स्थानिय सामुदायिक भवनमा सम्पन्न कार्यक्रम संस्थाका ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
संस्थाका सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ संचालित तालिममा दिनानाथ शिवाकोटी र अमृता राईले सहजिकरण गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष पुष्पराज कार्कीको सभापतित्व तथा मेचीनगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष कृष्ण सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष जित बहादुर श्रेष्ठले गरेका थिए ।
संस्थाका व्यवस्थापक श्याम कुमार खड्काले संचालन गरेको कार्यक्रममा सहभागी तथा कार्यक्रम संयोजक दिपा पौडेल, प्रशिक्षक शिवाकोटी, वाल सुवोधिनि आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापा, प्रमुख अतिथि सिग्देल लगायतले मन्तव्य राख्दै सिकेको सिपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका थिए ।































