बिर्तामोड।

झापाको बिर्तामोडस्थित सडक पेटीमा बदाम बेचेर भारतीय नागरिकले करोड कमाउछन् भन्दा झट्न सुन्ने जो कसैलाई अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही हो ।
भारतको सुल्तानगढका २५ जना व्यक्ति प्र्रत्येक वर्ष जाडोयाम शुरु भएसंगै बदाम बिक्रीका लागि नेपाल आउने गरेका छन् । कात्तिक शुरु भएसंगै नेपाल भित्रने उनीहरुले माघको अन्तिमसम्ममा हरेक वर्ष ९६ लाख मूल्य बरावरको बदाम बिक्री गर्ने गरेका छन् । आएका २५ जनाले स्थान चयन गर्दै १० ठाउँमा वदम विक्रीका लागि राख्ने गरेका छन् । उनीहरुको वदाम विक्री गर्ने स्थान सडक पेटी नै हुन्छ ।
बिर्तामोड नगरपालिकाको कार्यालय अगाडि बदाम विक्री गर्ने मुस्ताकिम खानले दैनिक दुई वोरा वदाम बिक्री गर्छन् । ४० केजीका दरले दुई वोरा बदाम विक्री गर्दा दैनिक उनी झण्डै २० हजार रुपैयाँ कमाउँछन् । उनले विक्री गर्ने बदाम प्रति पावा ६० रुपैयाँ पर्छ । एक बोरा बदाममा मात्रै ९ हजाार ६ सय रुपैयाँ कमाउने खानले दैनिक दुईदेखि अढाई बोरासम्म बदाम विक्री गर्दा २० हजार रुपैयाँ आम्दानी गर्ने गरेको खानले बताए ।
जति धेरै जाडो भयो उती धेरै वदाम बिक्छ खान भन्छन् – अब गर्मी शुरु हुन लाग्यो बदाम खासै बिक्दैन । अस्ती जाडोको समयमा तीन बोरासम्म बदाम विक्री गरे । प्रतिवोरा तीन हजार रुपैयाँमा खरिद गर्ने बदाम भुटेर बेच्दा ६ हजार ६ सय रुपैयाँ कमाई हुन्छ उनले भने – काँचो बदाम प्रतिकेजी ७५ रुपैयाँमा खरिद गर्दै भुटेर त्यही बदाम विक्री गर्दा २४० रुपैयाँ सम्म आम्दानी हुने गरेको छ । केही रकम दाउरा खरिदमा खर्च हुन्छ उनले भने कमाएको मध्ये केही रकमले खाना र बस्ने व्यवस्था मिलाउँछौं । सिजन अनुसार आएका मध्ये हामीले राम्रै कमाएर जान्छौं । यहाँ तीन महिना दुखः गर्दा बर्षभरि हाम्रो घर खर्च चल्छ ।
१० वटा ग्रुपमा बदाम बेच्ने हामीले अनिवार्य एक सय बोरा वदाम विक्री गर्ने तार्गेट राख्छौं । कुनै साल एक सय २०÷२५ वोरासम्म एक जनाले वदाम विक्री गर्छाैं । यो वर्ष हामीले १० ठाउँँबाट झण्डै हजार÷ एघारसय बोरा बदाम बिक्री गरिसकेका छौं अब केही दिन पछि घर जान्छौं ।
एक केजी काँचो बदाम खरिद गर्दै भुटेर विक्री गर्दा एक सय ६० रुपैयाँ बचत हुन्छ उनले भने – भारतमा हाम्रो परिवार नेपालमा बदाम बेचेर चलेको छ ।
बदाम बेच्न आउने मध्ये केहीले लिड गर्दै अरुलाई ज्यालादारीमा राखेर समेत झापाका विभिन्न स्थानमा यो समयमा वदाम विक्री गर्ने गरेको मुस्ताकिम बताउँछन् । उनी भन्छन् – दुःख नगरी सुःख हुँदैन । यहाँ गरेको दुःखले भारतमा परिवार सुखले पालेको छु ।
नेपालमा काम पाइएन भन्दै नेपाली युवा कामाको खोजीमा विदेश गइरहँदा भारतीयले अढाई तीन महिनाको छोटो समयमा लाखौं रुपैयाँ कमाएर लादा समेत हाम्रो ध्यान त्यस तर्फ केन्द्रीत हुन सकेको छैन । नेपाली भूमिमा निर्धक्का साथ बदाम बेचेर मात्रै भारतीयले करोड कमाउँदा हामी नेपाली भने काम पाइएन भन्दै काखीमा राहदानी च्यापेर उनीहरुले नै विक्री गरेको बदाम खादै मेनपावर धाइरहेका छौं ।































