शेखको हत्यामा सम्लग्न आरोपमा दुई पक्राउ

0
1409

झापा,

संवेदनशील अंग (अण्डकोष सहितको गुप्ताङ्ग) छिनाएर भारतीय नागरिकको हत्या गर्दै शवलाई जलाउने दुई जनालाई प्रहरीले पक्राउ गर्दै आज सार्वजनिक गरेको छ ।

बिर्तामोड नगरपालिका – २ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा सम्लग्न भएको भन्दै सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई प्रहरीले पक्राउ गर्दै आज सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनाका बारेका जानकारी गराउनु भएको थियो । उहाँका अनुसार मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गर्दै स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा चौधरी र यादवले शब जलाएका हुन् ।

शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदुरी गर्दै आएका थिए । सोमवार साँझ यावद, चौधरी र शेखले चारपानेको एक स्थानीय होटलमासंगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पु¥याएको र संवेदनशील अंग काटेर परालमा आगो लगाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट सम्वेदनशील आंगकाट्न प्रयोग गरिने चक्कु एक थान, मृतकलाई आयो लगाउन प्रयोग गरिने लाइटर एक थान, मृतकको लेनोभो कम्पनीको कालो एक थान मोवाइल, मृतकले प्रयोग गरेको सिम कार्ड ,घटना घटाउँदा लक्ष्मण यादवले लगाएको रागत जस्तो रातो लागेको दाग भएको एक थान भेष्ट, र घटना घट्नु भन्दा अगाडि वुद्धिमाया राईको पसलबाट किनेको चुरोट तथा चुरोटका ठूटाहरु समेत बरामद गरेको भन्दै सार्वजनिक गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here