सिम्रिकको नवौं बार्षिकोत्सव सम्पन्न

0
805

बिर्तामोड ।

झापाको बिर्तामोड ४ मा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिकोत्सव सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा प्रदेश नं. १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य इन्द्रवहादुर कार्कीले स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सहसचिव भवानि दंगाल , बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल , जिल्ला बचत संघ झापाका अध्यक्ष धनश्याम अधिकारी, झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको गतिविधी र कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । उनले संस्थाको पुस मसान्तसम्म २३ हजार आठ सय जना , शेयरपूजीँ १३ करोड ४५ लाख ५० हजार , निक्षेप ५३ करोड ९९ लाख २३ हजार , ऋण लगानी ७८ करोड , ४४ लाख ८७ हजार , कर्मचारी १ सय ५९ जना , सेवाकेन्द्र १७ ,लघुवित्त ७ वटा रहेको अध्यक्ष वस्नेतले बताए ।

कार्यक्रममा विर्तामोड १ मा निर्माण भइरहेको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माणका लागि ५१ हजार , तारा नमस्ते वालग्रामलाई ५१ हजार प्रदान गरिएको थियो ।

त्यस्तै कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई, सामाजिक अभियन्ता यशोदा चापागाई, जिल्ला ट्राफिक प्रहारी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारी, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाललाई नगद सात हजार पाँचसय सहित सम्मान गरिएको थियो भने जिल्ला बचत संघ झापाका अध्यक्ष धनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाललाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी संस्थाका कर्मचारीहरु कृष्णप्रसाद कडरिया, इन्दिरा भट्टराई, वेदप्रसाद आचार्य, भानुदेवी रिजाल, सुकमाया राई, गोकर्ण घिमिरे, दुर्गा पौडेललगायतलाई नगद पाँच हजार एक सय सहित सम्मान गरिएको थियो।

त्यसैगरी उत्कृष्ट किसान रञ्जु मिश्र , व्यवसायी चित्र घिमिरेलाई नगद पाँच हजार एक सय सहित सम्मान गरिएको थियो भने उत्कृष्ट सेवाकेन्द्रको रुपमा गौरादह सेवाकेन्द्रलाई नगद दश हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाले सञ्चालन गरेको लघुवित्त समूह तर्फ प्रथम हुने महल्या स्वावलम्वन समूहलाई सात हजार , दोस्रो हुने मिलन स्वावलम्वन समूहलाई पाँच हजार र तेस्रो हुने सरस्वती स्वावलम्वन समूहलाई चार हजारसहित सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा सहभागि सन्थाल नृत्यलाई नगद १५ हजार , चण्डी नाचलाई पाँच हजार र गायिका मेलिना मैनालीलाई एक हजार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुभास भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here