दलाल वकीलबाट बच्न तीन प्रमाण

0
1069

विनोद सापकोटा / शिवसताक्षी ।

समुदायमा सरकारी वकील कार्यक्रम झापामा शुरु भएको छ । जिल्लाका १५ वटै पालिकामा सरकारी वकीलको काम कर्तव्य र अधिकारको वारेमा सर्वसाधरणलाई प्रष्ट पार्न र समुदायका कुरा सुन्न यो कार्यक्रम झापामा लागु भएको जिल्ला सरकारी वकीलको कार्यलय झापाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले हरेक पालिकामा न्यायीक समिति भएपनी कस्ता प्रकृतीका मुद्धा पालिकाले हेर्न भन्ने विषयको अन्योल समाप्त भएको बताए । स्थानीय सरकार गठन पछी सरकारी वकीलको कार्यलयले सर्वसाधरण संग पहिलो पटक पालिकामै साक्षात्कार शुरु गरेको जिल्ला ध्यायाधिवक्ता केसवप्रसाद पन्तले बताए ।

सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व दर्साउन कार्यलय ले मेचि नगरपालिका बाट अभियाननै शुरु गरेको हो । मंसिर ४ गते देखी शुरु भएको यो अभियान दमक नगरपालिका र वाह्रदशी गाँउपालिका हुदै शुक्रबार शिवसताक्षी नगरमा आईपुग्यो । शिवसताक्षी नगरका भएको साक्षात्कारमा अधिकाँसले ‘‘समुदायमा सरकारी वकिल” कार्यक्रमको समयावधि अपर्याप्त भएको गुनासो गरे ।

सहभागी मध्येका श्रीप्रसाद खरेलले सर्वसाधरणले कानुन र संविधानमा उल्लेख भएका फौजदारी र देवानी प्रकृतीका मुद्धाको सजायका वारेमा न्युनतम ज्ञान नहुदा सर्वसाधरण विचौलियाको फन्दामा पर्नुपर्ने तितो यथार्तता सुनाए । जग्गा व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनालले सरकारी वकीलको कार्यलय पालिकामै आएर सर्वसाधरण संग आफ्ना कुरा र सर्वसाधरणका राय संकलन गर्ने कार्यलाई निरन्तरता दिनु पर्ने सुझाव पेस गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पंडितले जिल्ला प्रहरी कार्यलय झापाको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए भने सरकारी वकीलको कार्यलय झापाले तयार पारेको कार्यपत्र साहायक जिल्ला न्यायाधिवक्ता कल्याण पराजुलीले प्रस्तुत गरेका थिए ।

सरकारी वकीलको कार्यलय झापा र ईलाका प्रहरी कार्यलय झिलझिलेको संयुक्त आयोजनामा भएको कार्यक्रममा सर्वसाधणका गुनासा समेत सुनवाई भएको थियो । जिल्ला न्यायाधिवक्ता केसवप्रसाद पन्त, जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोईरालाले सर्वसाधणको गुनासा सुनेर जवाफ दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, जिल्ला अदालत झापाका रजिष्टार्ड दर्गा खनाल, अधिवक्ता लक्ष्मी अधिकारी लगायतले आर्थिक लाभ लिएर मुद्धा मिलाईदिने प्रलोभन कोहि कसैले दिए सिधै प्रहरी वा सरकारी वकीलको कार्यलयमा खवर गरिदीन आग्रह समेत गरे । अधिवक्ता अधिकारीले निजी वकीलको पान नम्वर, फर्म र प्रमाण पत्र नम्बर सोधेर आएको जवाफमा मात्र मुद्धाको सहजीकरणका लागि अख्तियारी दिएर दलाल वकीलबाट वच्न सवैलाई अनुरोध गरेका छन ।

अधिवक्ता अधिकारी झापा वारका कार्यकारी सदस्य समेत हुन । कार्यक्रममा पालिकाका सदस्य, नागरिक समाजका अगुवा, राजनितिक दलका प्रतिनिधि, पत्रकार, उध्योगी व्यवसायीको सहभागीता थियो । ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरिक्षक कोमल ठाकुरले स्वागत गरेको कार्यक्रममा शसस्त्र प्रहरीका डिएसपि असोक कुमार साक्यको सहभागीता थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सरकारी वकील कार्यलय का राम पोख्रेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here