जसको ‘भूइँमा खुट्टा’ हुँदैन त्यसलाई बाटो किन चाहिन्छ र ?

0
941

व्यंग्यनारान पाँडे,

“थान्निए सर्खारमा भका हामेरका जनपर्तिनिदिहर्ले गइन्नसँग कमाइ–धमाइ गरिराख्या देख्ने कतिपए आरिसेहर्लाई धेरैपए अनुभवी कम्रेटहरु ‘गर्छन् नि चानसमा डानस्’ भन्र थुम्थुम्याउँछन् भने पर्तेपच्छी काङरेस र राजावादीहेरु घुटुक्–घुटुक थुक निल्दै ‘अ‍ैलेका तिन्टै सर्खारमा पुगेका जनपर्तिनिदि भन्या म्यादी जागिरे–तलपे न हुन्, ढिलो–ढालो गर्न थाले भने म्यादको ट्याम गइजाला भन्र हतार–हतार गर्दा लतार–पतार भइहाल्छ र धेर देखिया मात्तै हो । नाइँ त भने हामेरका बल्दो पालामा होरले गजेट मिला’र बजेट भित्रभित्रै तिर्पन्ताम् गरे जति इनेरले कति गरेका छन् र ? रै भा नि क्यान्रिए र पर्देश्का सर्खारका नरम कुर्सीम बस्न पुगेकाहर्ले चइँ हामेरका जिब्रामा पानी छचल्किने गरी थोरै मात्तै बुचो छिनिराख्या छन् त ? थुक्क लु !’ भन्छन् क्या पाँडे भाइ । एच्चुअल के भइराख्या छ भन्ने तपइँलाई था हुनपर्छैपर्छ भन्ने इस्टमेट भो र तपइँकाँ यो रामदुलारी समेत हामेरुदोडा बुद्न आका हए पाँडे भाइ आज्ज चइँ ।”— भने कुर्सीमा बसेपछि गौंथलीको बाऊले भटाभट ।

मैले भनें— “मलाई त्यस्ता कुरा कसरी थाहा हुन्छ भन्ने सोच्नु भयो ?”
उनले प्रचण्ड शैलीमा मन्टो लरक–लरक हल्लाउँदै भने–“अन्त तपइँका माओली सापकोटा होइन्त अनि ? मेरो तेस्तो नातोको व्याक्ति ठ्याप्प संङ्घीए सम्सतको सबामुख भया थे भनेदेखुन मेरा खुट्टालाई बाटो–साटो चाइँदैनथ्यो । भइँमा खुट्टो हुँदा न बाटो चाइँछ, होइन्त ?”

उनले यसो भनिरहँदा रामदुलारीले चाहिँ कपाल बाँधेको रबर झिकी र मुखमा च्यापेर कपाल पुनः समेटेर गुजुल्टो पार्दै गौंथलीको बाऊको मनाइलाई हँसिला आँखाले पूर्ण समर्थन जनाउँदै थिई ।…
मैले भनें— “मेरो मावली सापकोटा हुन् भन्दैमा जुनसुकै सापकोटा मावली हुन्छ त ?”
उनले ल्याब्र्याक्क ओठ लेब्र्याए र छुस्स छुस्कर हाँसो हाँसेपछि भने– “हुन ता एस्ता मउका–चानसमा भानिजको भूइँका खेल्न तपइँले के जान्नु ! म भादेखुन् उस्सै दिन रातीको नाएट बसको टिकस काटेर भोलिपल्ट एक्काबेहानै काटमाडुँ हुइँचिन्थे र डाइरेक जान्थेँ सबामुख कोटारमै अनि साइनो केला’र चाइनेकेरे मस्तसँग उजाति भइसक्थें । चानसमा डानस गर्न तपइँलाई आओस् न भट्वाँस भुट्ता मुरली मकैको जैसो फूल उठोस्, होइन्त ए रामदुलारी ? तँ पनि दुई शब्द सम्भोदन गर त ।”

दाँतले चेपेको रबरले कपालको गुजुल्टो बान्दै रामदुलारीले भनी– “ओइ तो । हाम्रो पाँडे सर निक्कै लाटा हुनुहुन्छन् । मेरो माउलीको मान्छी ओती बड्का भादिखि मो इता इस्तो धुलो भदरपुरमा बस्नु सक्दिन थेँ, ओतै जाएर बस्नु आराम मान्थेँ । यो गाउँथेलीको बाबुको गन्धा मकान मे यक दिन भी नबस्नु सक्थें ।”
गौंथलीको बाऊले भने— “ए रामदुलारी, इ पाँडे भाइलाई बताइदे त अस्ति सर्सोती पूजाको ठाममा मैले तँलाई अलिक टाढैबड देखा’र चिनाको मान्छे कस्तो च्वाँक लाग्याथ्यो तँलाइ । ती मेरा माओली मान्छेको बिउटो अन्भार, बिउटो जीउडाल, बिउटो कपाल, तिन्ले लाका दाम्मी लुगा, तिन्ले चढ्ने बिउटो कल्लरिङ मट्टर कार इत्तेदि डिट्टेलमा बता’र इ पाँडे भाइलाई छक्कै पार्दे त ।”

रामदुलारीले भनी– “सर्सती पूजामे तापाइँ मलाई हेराको मान्छी ? ओ तो सेलिमाको हिरो देबानन् जैसो थ्यो । कत्ति बिउटा थ्यो साला ।”
गौंथलीको बाऊले फेरि मतिर भने— “मैले यो रामदुलारीलाई देखाको व्याक्तिको बाऊ सूर्जेबादुर थाप्पाले पर्दानमन्त्री खाइराखेका ट्याममा इलाममा च्या बडान गर्ने उधुमै धनीका पनि माजन थे । मेरा नातोका मान्छे तेस्ता पो छन् त ।”
मैले जानी–जानी जिज्ञासा राखें— “ती मान्छे दाइका मावली ?”

उनले हतारिएर भने— “डाइरेक माओली होइन अन्डाइरेक माओली भा नि साख्खै माओली ।…कस्तो नातो भन्लाउ भने—मेरी माइली माइजू मामालाई छोडेर घिम्रे माजनकी कान्छीमा पोइल गकी । ती घिम्रे माजनकी जेठीतिरको छोरोको ससुराकी फुपूको छोरोसँग माल्पोतमा मैले रामदुलारीलाई देखाको मान्छेको बाऊ खर्दार गर्थे । ती बाऊले तलप–उलपको पोइसो त एक्कै साँजको अइँठन–पानी र सेक्वामै सुइ पार्थे । माल्पोतका हाकिमीसँग एक्कै जीउ जैसो मिल्या थे र उपरी कमाइ त बोराबोर्रै कमाउन उन्लाई फिरी थ्यो । नाबालखका जग्गा, सतार–राजबम्सीका जग्गा, ओइलानी जग्गा त कति हड्पेका थे कति । जिल्लाभरि आर्काको माटो नटेकी हिन्छु भन्दा नि पुग्थ्यो । निक्कै बर्खसम्मन उन्को भुत्लो हल्लाउन सक्ने बाऊको छोरो काइ निस्क्या थेन । एक्कासी पञ्चेको सर्खारको अक्तिआर दुर्पयोग आयोगले उन्लाई भस्टचारी गरेको भन्ने झुटो मुद्दा लायो, हेर्ने हए । तेस मुद्दामा तीन बर्ख धाएसि सो उक्त आयोगका एकजाना हाकिमी एतै आ’र गेस्टाउसमा बस्या बेला उन्की बाठ्ठी छोरी चञ्चलीलाई सोइ गेस्टाउसमै चार्पान्दिन ढुक्कै पठा’र फकाउने ट्याउटिस् सफ्फलता भएसि सो–उक्त मुद्दा उन्ले जिते । तेस घटनाले उन्को खर्दार पोस्–टको त चिलिम फर्कायो नै र उन्ले इलामतिर बसइँ सरेर च्या बगान गर्न थाल्या हुन् । अथैबा मैले सर्सोती पूजामा रामदुलारीलाई देखाको बिउटो धनाड्डे जेन्टिलम्यान तिनै भूतपूर्वक खर्दार अथैवा मेरी माइली माउजूका सौते छोरोको ससुराकी फुपूको उई र उस्तै खर्दार खाने छोरो सारै मिल्ने साथी–साथी थे । ती तेसरी मैले रामदुलारीलाई टाढैबाट चोख्खै चिनाको सो–उक्त मान्छे मेरा नाताका हुन् भन्र साँचो भन्दिया हूँ । ती मान्छे अ‍ैले हामेरकै कम्रेटतिर छन् र माथिका ठूला कम्रेटहर्मा सोस्फोसको सेटिङ मिला’र ठेक्कासेक्का ह्यानत्यान गरेर टन्न्न्न्न धनी छन् । धनी भएसि माथि सोस्–फोस् त भइहाल्छ अ‍ैलेको हामेरको शासनकालमा । तर, कम्रेट हुन चइँ कम्पलसोरी हुन्छ, तेत्ति हो ।”

मैले फेरि सोधें— “हन त्यस्तो पनि साख्खै नाता हुन्छ र भन्या ?”
उनले भने— “लाउन जानो भने किन हुँदैन त ? इ मैले मेलो केला’र चाइनेकेरे उन्लाई माओली नातोमा लेराइन रछु त ? तपइँ सोएम् साप्कोटाको भान्जो भ’र पनि साप्कोटाका हाताँ सङघीए सम्सत आका मौका–चानसमा डानस मार्न सक्तौन भने बुद्दि–बिभेकमा तपइँ र ममा कत्रो तल–माथिको डिफेन रछ भन्नेअब त बुज्यौ नि ।”
म के भन्न आँट्तैथेँ, रामदुलारी बोली— “तापाइँ भी सिखिलिनु पाँडे सर यो गाउँथेलीको बाबुको आइड्या । ओता हाम्नेरुको देश इन्ड्याको बेहार भागलपुरमे भी बाठा मान्छी ओइसै करेर पाइ कमान्छ और बिछोनामा बइठे–बइठे आच्छा–आच्छा खान्छ । इता नापालको लाग्रिकताको पर्ची पाउँदा मैले भी एगोडा सार्खारी मान्छेको सङमे नाता करेर कति टेम सिल्गढी गाको थेँ उसको सङमे और ओइ मान्छी मैलाई नापाली लाग्रिकताको पर्ची लाएर एकरातमे मेरो बिछोनामे देको । तापाइँ भी ओस्तो ठूलो मान्छीको अपनु मान्नु जान्नु । यो गाउँथेलीको बाबु आइले मेरो मरद जैसे छ और म तिस्को जानाना जैसे छु । अब् एक–दु हाप्ता बाद म अपनो देश इन्ड्या लउटछुँ त यो गाउँथेलीको बाबु फिर् आर्को जनाना राख्नु सक्छ । इस्तो कर्नु यो मान्छे खूप चाम्पेन छ । मगर यो मान्छीमे जनानाको ओ प्यार…ओ प्यार करने दम खलास छ भनेर म बुजेको छुँ । दु–चार साल अस्तिको ताकत छैना यो मान्छीमे अब् । सप् फिलिम छ ।”
उसका यी कुरा सुनिरहेका गौंथलीको बाऊले मुखमा काँचो लप्सी पेर झैं अनुहार कुच्याएर एकाएक जुरुक्क उठे अनि हात हल्लाउँदै भने— “छ्या के–के बोलिराखेकी यो आइमेले, लाज–शर्म नराखी हँ ?”
रामदुलारीले हाँस्तै भनी— “म के बुले ? ठिकी त बुलेको । ओ मन–कुमारी, ओ मुसीको माई, ओ भट्टीवाल हुटेलके काइलुको साली रामप्यारीहेरु सप्पै ने तापाइँमे कुछ दम छैना भनेर जानेको कहन्छ मलाई । तापाइँमे लहर मात्तै हो कहेको ओहेरु । आँख् मार्नु जानेको, कुर्न चइँ…”

गौंथलीको बाऊ नाजवाफ कुप्रो–कुप्रो हुँदै आँगनतिर ओर्लिए र सरासर बाटोतिर लागे । उनी यसरी फन्केर हिंडको हेरिरहेकी रामदुलारीले भनी–“देख्नु त पाँडे सर, त्यो बूढाके ताकतको कुडा कहँदा त्यो बूढा शरम करेर जाएको । त्यो बूढा दारु धेरी खान्छ त कमजोड बन्छ और…और…ओ कि–कि छ्याः, कुडा किलेर कहनु मैलाई यो शरम हुन्छ । मगर एक दिन मै सरको कोठामा अकेला बैठाके समुच्चा कहन्छुँ ।…आइले मै भी जाउन्छु । मगर आज् त्यो बूढाके मकान मे नजाउन्छुँ, दुसरातरफ जाउन्छु ।”

अनि त्यो पनि शरीर थल्थल्याउँदै हिंडी । मैले कुन्नि किन त्यो गइरहेकोतिर मन लाएर हेरिरहें ।…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here