नेपाल पूर्व प्रहरी संगठन कनकाईमा पुनः सेड्याईँ

0
1208

कनकाई,

नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिको अध्यक्षमा पुनः हरिप्रसाद सेड्याई सर्वसम्मत रुपमा चयन भएका छन् ।

सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभा हलमा सम्पन्न संगठनको अधिवेशनसहितको दोस्रो साधारण सभावाट सेड्याईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

समितिको उपाध्यक्षमा अग्नीप्रसाद नेपाल, सचिवमा अम्बरवहादुर लिम्वू, सहसचिवमा वावुराम कार्की, कोषाध्यक्षमा दुर्गावहादुर पौडेल र सहकोषाध्यक्षमा मायादेवी कोइराला सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः रोहित सुव्वा, सन्तवहादुर थापा, कृष्णप्रसाद चुडाल, पर्शुराम चौधरी र ज्ञानेन्द्र शिवाकोटी चयन भएका छन् ।

त्यस्तै दिलु मगरको अध्यक्षतामा सात सदस्यीय नेपाल पूर्व प्रहरी संगठन कनकाई महिला संघ गठन गरिएको छ । समितिको उपाध्यक्षमा उमा नेपाल, सचिवमा विन्दा वस्नेत, कोषाध्यक्षमा बेनु श्रेष्ठ र सदस्यहरुमा ईन्दिरा सेड्याई, लिलादेवी भुजेल र कमला पौडेल चयन भएका छन् । आगामी दिनमा संगठनलाई सामाजिक क्षेत्रमा समेत सक्रिय गराएर अघि बढाउँने उद्येश्यका साथ पूर्व प्रहरी पदम प्रसाद मैनालीको संयोजकत्वमा एक सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा सुर्यकुमार प्रसाई, सुरेन्द्र वि.क. र पूर्णवहादुर बराल रहेका छन् ।

लामो इतिहास बोकेका राष्ट्रसेवक पूर्व प्रहरीहरु संगठित बनेर कनकाई नगर क्षेत्रको सामाजिक गतिविधिमा समेत सक्रिय रहने योजनाका साथ नगर क्षेत्रका पूर्व प्रहरीहरु संगठन विस्तारमा लागेको नवनिर्वाचित अध्यक्ष हरिप्रसाद सेड्याईले वताएका छन् ।

देशमा शान्तीसुरक्षा कायम राख्ने जिम्मेवारीका साथ लामो समय सम्म राष्ट्र सेवामा क्रियाशिल रहेर अनुभव प्राप्त पूर्व प्रहरीहरुको संगठनले कनकाई नगरमा क्रियाशिल रहेका सम्पूर्ण सामाजिक संघसंस्थाहरुको नेतृत्वदायी भूमिकामा रहेर कार्य सम्पदान गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका नेपाल पूर्व प्रहरी संगठन झापाका अध्यक्ष खेमराज कार्कीले समाजमा शान्ती सुरक्षा कायम राख्दै मुलुकको समृद्धिकालागि पूर्व प्रहरीहरुको संगठन वर्तमान अवस्थामा अतिआवश्यक भएको वताएका छन् । संगठनले आगामी दिनमा लागुऔषध साथै दुव्र्यसनीको न्युनिकरण, बजार सरसफाई लगायत विभिन्न सचेतनामूलक सामाजिक गतिविधी गर्दै अघि बढ्ने जनाइएको छ ।

नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिका अध्यक्ष हरिप्रसाद सेड्याईको सभापतित्व, सदस्य कृष्ण चुडालको स्वागत तथा सचिव अमर सुव्वाले संचालन गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बू, संगठनका विर्तामोड नगर समितिका अध्यक्ष मोहनविक्रम मल्ल, कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेल, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला, कनकाई छठ सेवा समाजका महासचिव राजु शाह लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here