धुलाबारी।
राजवंशी समाज विकास समिति मेचीनगर समितिको छैठौं नगर अधिवेशन धुलाबारीमा सम्पन्न भएको छ ।
राजवंशी समाज विकास समिति मेचीनगरका संयोजक धर्मलाल राजवंशीको अध्यक्षता तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महलाल राजवंशीले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्र बुढाथोकी, राजपा मेचीनगरका अध्यक्ष अनिल राजवंशी, राजवंशी समाज विकास समितिका जिल्ला उपाध्यक्ष दिनेश्वर राजवंशी, हृदयराज राजवंशी लगायतले आफ्नो अधिकारका निम्ति एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
मेचीनगर तथा भारतको कुचविहारलगायतका क्षेत्रबाट राजवंशी समुदायको सहभागिता रहेको उक्त कार्यक्रममा आफ्नो कला संस्कृति झल्कने गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन जोश्ना र जितेन राजवंशीले गरेको सहयोगी सुमन बस्नेतले जानकारी दिए ।































