ताप्लेजुङ।
वातावरण संरक्षण सम्बन्धी चेतना फैलाउने उद्देश्यले ताप्लेजुङमा बाल इको क्लब गठन गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङको सहजीकरणमा आठराई त्रिवेणी गाउँपालिकास्थित सरस्वती नमूना मावि, चागे मावि र मैवाखोला गाउँपालिकास्थित महेन्द्र मावि, पाटीडाँडा मावि, फागुम्वा मावि, साँघु मावि, तेम्बे मावि, मेरिदेन गाउँपालिकास्थित पादलुङ मावि, त्रिभुवन मावि, सूर्य मावि, पृथ्वी माविमा बाल इको क्लब गठन भएको बताइएको छ ।
बिद्यालयमा गठित बाल इको क्लब मार्फत वातावरण संरक्षण, जीव तथा वन्यजन्तु संरक्षण सम्बन्धी सन्देश साथै चेतना फैलाउने उद्देश्य राखेर बाल इको क्लब गठन गर्ने अभियान शुरु गरिएको सहजकर्ता टिका याक्सोले जाकारी दिए ।
उनका अनुसार क्लबहरुलाई अब अनुशिक्षण दिने र आ–आफ्नो गाउँ र टोलमा वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धी चेतना फैलाउने कामको जिम्मेवारी समेत दिइने याक्सोले जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङको तीनजुरे मिल्लके संरक्षण क्षेत्रमा पर्ने पाँच वटा गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयमा बाल इको क्लब गठन गरिने अध्यक्ष सरोज ओझाले जानकारी दिए ।































