नेपालद्धारा ओमानसामु २५० रनको लक्ष्य प्रस्तुत

0
1106

काठमाडौं।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानलाई २५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको क्षतिमा पूरा ओभर खेल्दै नेपालले २४९ रन बनाएको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको पारी खेले । त्यस्तै पूर्वकप्तान पारस खड्काले ३४ बलमा ३८ रन जोडेर पेभेलियन फर्किए । कुशल मल्लले २४ बलमा २८ रन र आरिफ शेकले ४५ बलमा समान २८ रनको योगदान दिए ।

बिनोद भण्डारीले ४७ बलमा ३५ रन जोड्दा सुवास खकुरेलले ४२ बलमा २२ रन जोड्न सफल भए । दिपेन्द्रसिंह ऐरी ३ बलमा शून्य रनमा आउट भए भने करण केसी १६ बलमा १० रन जोड्दै आउट भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here