साहित्यकार रश्मीशेखरलाई पितृशोक

0
557

बिर्तामोड ।

पूर्वाञ्चल दैनिकका सहकर्मी तथा साहित्यकार रश्मीशेखर सुबेदीलाई पितृशोक परेको छ । अर्जुनधारा ९ देवर्षी टोल निवासी सुवेदीका पिता पण्डित सूर्यकुमार सुबेदीको शुक्रवार .८३ वर्षको उमेरमा निधन भएको हो ।

पण्डित सुबेदी प्रख्यात भागवतवक्ता तथा वेदान्त शास्त्रसम्मत विधी विधानका ज्ञाता हुनुका साथै विभिन्न धार्मिक संघ संस्थामा समेत आवद्ध थिए ।

स्व.सुवेदीका श्रीमती सीता सुवेदी , चार छोरा बुहारीहरु शंकर–पुनम , शिवकुमार –भावना , रश्मीशेखर –अञ्जना, रमा ,र शम्भू –गीता सुवेदी रहेका छन् । उनका तीन नाती, पाँच नातीनी र एक पनाती रहेका छन् ।

उनका छोराहरु मध्ये शंकर मेरो रेडियो १०५ मेगाहर्ज सञ्चालक समितिका अध्यक्ष, शनिश्चरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष हुन् भने शिवकुमार भगवत भक्ति आश्रम अर्जुनधाराका सदस्य हुन् ।

त्यस्तै रश्मीशेखर नेपाल पत्रकार महासंघ झापाका प्रदेश सदस्य , नेपाद प्रेस युनियन झापाका केन्द्रीय पार्सद , ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका वरिष्ठ अधिकृतलगायत विभिन्न संघ संस्थामा आवद्ध रहेका छन् भने शम्भू सशस्त्र प्रहरी वलका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here