फागुन १ बाट हल्दिबारीमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता

0
852

बिर्तामोड ।

झापाको हल्दिबारीमा जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

हल्दिबारी स्पोर्टीङ्ग क्लबले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमीले सहभागिता जनाउने भएका छन् । फागुन–१ गतेबाट १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताले खेलक्षेत्रलाई अझ विकसित गर्नसहयोग पुग्ने आयोजक समितिका अध्यक्ष मोहन गुरुङले बताए ।

८ लाख रुपैंया खर्च अनुमान गरिएको प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद एक लाख रुपैंयासहित ट्रफि र मेडल प्रदान गरिने आयोजक समितिका सचिव नविन मावोले जानकारी दिए । उपविजेतलाई ५० हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्स, सर्वाधिक गोलकर्ता, टुनामेन्ट अफ द इयर लगायत विधामा समेत नगद र ट्रफिको ब्यवस्था गरिएको सचिव मावोले जानकारी दिए ।

हल्दिबारी–१ स्थित जनजागृति माविको खेल मैदानमा हुने प्रतियोगिता हेर्नका लागि दैनिक दुई हजारबढी दर्शक आउँने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here