पण्डित रिमालको निधन

0
765

बिर्तामोड।

सामाजिक एवम् धार्मिक क्रियाकलापमा सक्रिय व्यक्तित्व पण्डित तोयानाथ रिमालको आइतवार ८३ वर्षको उमेरमा निधन भएको छ ।

बिर्तामोडका वासिन्दा उनी झापाका विभिन्न सामाजिक एवम् धार्मिक संघ संस्थामा आवद्ध रहेका थिए । उनकी श्रीमती दमयन्ता रिमालको पाँच वर्ष अघि नै निधन भइसकेको छ ।

स्व. रिमालका दुईजना छोराहरु यादव र बसन्त रिमाल र तीनजना छोरीहरु टीका न्यौपाने, मेनुका पौडेल र योगकुमारी पराजुली रहेका छन् । उनका छोराहरुमध्ये यादव सामाजिक संघ–संस्थामा आवद्ध छन् भने बसन्त राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को महासचिव हुन् ।

वीरता जेसीजका मानार्थ सदस्य बसन्तले आमा दमयन्ता रिमालको स्मृतिमा दमयन्ता रिमाल उत्कृष्ट जेसी पुरस्कार स्थापना गरी वितरण गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here