शिवसताक्षीमा पशुको वृहत स्वास्थ्य शिविर

0
885

धरमपुर ।

शिवसताक्षीमा एक दिने निशुल्क पशुको स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका पशु सेवा साखाको आयोजनामा एक दिने निशुल्क पशुको वृहत स्वास्थ्य शिविर ३ नम्बर वडा स्थित पारावारी बजारमा सम्पन्न भएको हो ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको प्राविधिक सहयोगमा नगरले वृहत पशु स्वास्थ्य सेवाको शिविर आयोजना गरेको हो ।

शिविरमा बाख्रा, गाई, भैँसी र बंगुरको निशुल्क स्वास्थय परिक्षण गरि औषधी वितरण गरिएको शिवसताक्षी नगरपालिका पशु स्वास्थ्य साखाका प्रमुख रामअवतार यादवले जानकारी दिए । नगर स्तरीय पशु स्वास्थ्य सिविरमा पशुको गोवर र खोपलगायतको सुविधा प्रदान गरिएको थियो । जुका, माटे, भिटामिन, घाउखटिरा, जुम्रा र उपियाँको उपचार तथा औषधी निशुल्क वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिविरमा सबै भन्दा बढि जुका, माटे, जुम्रा उपा र बाख्रा लाई निमोनिया रोग देखा परेको संलग्न पशुचिकित्सकले बताएका छन । शिविरमा ३५० भन्दा बढि किसानका पशुलाई उपचार गरिएको थियो ।

नगरमा किसानले पशु स्वास्थ्यको समस्या विकराल बन्नथालेको गुनासो गरेपछि पशुस्वास्थ्य सिविरको आयोजना गरिएको नगरकी उपमेयर भोजकुमारी नेपालले बताईन । कृषी र पशुपालनलाई संगसंगै लैजान नगरले धेरै कार्यक्रम वडा वडामा ल्याएको उनले बताईन । नगरमा निशुल्क शिविर आयोजना गर्ने, औषधी नियमित खुवाउने, महामारी तथा हैजा जस्ताा रोग लागेमा नगरले तत्काल सेवा दिने उपमेयर नेपालले बताएकी छन ।

डाक्टर गंगाराम यादव, डाक्टर संजय ढँुगाना र पशु प्राविधिक नन्दप्रसाद सुवेदी, सन्ध्या विष्ट, विपीन भट्टराई, प्रेम पौडेल, मानवहादुर लम्जेल, तेजेन्द्र घिमिरे र समिर खड्का लगायतले पशुको टोलीले पशुको स्वास्थ्य परिक्षण गरेका थिए ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुन्यप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम नगरकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा जग्गा व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनाल, नगरका निमित्त प्रमुख प्रसासकीय अधिकृत सुरेन्द्र दाहाल, लेखा अधिकृत भिमवहादुर खवास लगायतको सहभागीता थियो । कार्यक्रमको सहजीकरण विमल बास्कोटाले गरेका थिए ।

शिविरमा जिल्ला पशु सेवा कार्यालय दाङ वाट नौ जना पशु स्वास्थकर्मीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here