मन्त्रीआङ्बोलाई विद्यार्थीले सुनाए योजना

0
1087

सुरुङ्गा ।

प्रदेश नम्बर एकका आर्थिक मामिलातथा योजनामन्त्रीइन्द्रबहादुर आङ्बो समक्ष झापाका विभिन्न कलेजमा अध्ययनरत् विद्यार्थीहरुले आफ्नो अध्ययनपछिको व्यावसायिक योजना सुनाएका छन् ।

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थितयुनिकबहुमुखीक्याम्पसको आयोजना, सिभिल बैंक लिमिटेडको मुख्यप्रायोजन र एक्सेल डेभलपमन्ट बैंक तथाअस्मितापब्लिकेशनको सहप्रायोजनमाउक्तप्रतिष्पर्धात्मककार्यक्रमभएको थियो । जिल्लाका व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहका विद्यार्थीहरुले व्यावसायिक योजनाधारणा प्रस्तुतीकरणमा आफूले भविष्यमागर्ने योजनाको बारेमा प्रष्टाएका हुन् ।

कार्यक्रममा १७ वटा कलेजबाट छनोट भएकाउत्कृष्ट ५ कलेजकाविद्यार्थीहरुले आफ्नो भावी योजनाको बारेमा बताएका थिए । सो योजना सार्वजनिकीकरणमा कमपोलिमरको प्लाष्टिकको प्रयोग गरी महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड उद्योग संचालनगर्ने योजनासहितको आयोजक युनिक बहुमुखी क्याम्पस सुरुङ्गाको टिम सर्वोकृष्ट भई नगद २५ हजार रुपैँया जितेको थियो ।

विद्यार्थीहरुले महिलाहरुले महिनावारी हँुदाप्रयोग गरिने सेनेटरी प्याड अझैपनिविदेशबाट आयात भइरहेको र लागतमुल्यभन्दा ५ गुणा महँगो दरमा बिक्री समेत भइरहेको भन्दै विदेशबाट आयातित प्याडलाई विस्थापितगर्ने र कममुल्यमास्वदेशमै उत्पादित सेनेटरी प्याड उपलब्ध गराउने योजनाविद्यार्थीले प्रस्तुत गरेकाथिए । त्यसै गरी, मेचीबहुमुखी क्याम्पस भद्रपुरका विद्यार्थीको आर्गनिक माछा र तरकारी फार्म गर्ने योजनाले उत्कृष्ट प्रस्तुतीकरणको उपाधि हात पारेको थियो ।

त्रिदेव क्याम्पस चारआलीकाविद्यार्थीहरुले टुना टपरी उद्योग स्थापनागर्ने , गोमन्द्र बहुमुखीक्याम्पस विर्तामोडका विद्यार्थीले एजुकेशनएप्प उत्पादन र देवीक्याम्पस विर्तामोडका विद्यार्थीले च्याउउद्योग संचालनको योजना प्रस्तुत गरेकाथिए । सो प्रतिस्पर्धामा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का संयोजक मीनप्रकाश मैनालीको संयोजकत्वमा एक्सल डेभलपमन्ट बैंककाकर्जा विभाग प्रमुख शिवकुमार गिरी र नेपाल बैंक लिमिटेड इलाम शाखाका प्रबन्धक कृष्णबहादुर नेपालरहेको निर्णायक मण्डलले भूमिका खेलेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रबहादुर आङ्बो मौसमले हालको विद्यमानशिक्षानीति र पाठ्यक्रम बेरोजगार उत्पादनगर्ने कारखाना जस्तो मात्रै भएकोले अब सरकारको सबै ध्यानजीवनोपयोगी सीप र दक्षजनशक्तिउत्पादनमाजोड दिने बताए ।

मन्त्रीआङ्बोले नेपालबाटकम्तीमा घुम्न र उच्चशिक्षाबाहेकको रोजीरोटीका लागिकाममाविदेश जानैपर्ने बाध्यताको अन्त्यहुनलागेको र यस अभियानमाबैंक तथावित्तीय संस्थालगायत सबैसँग रचनात्मक साथ र सहयोग गर्न अनुरोध गरे ।
वक्ताहरुले अध्ययनपछि विद्यार्थीहरुको जागिरे मानसिकता बढिरहेकोले जागिर खाने भन्दाअरुलाई जागिर लगाउन सक्ने क्षमता बढाउन प्रेरक कार्यक्रमको आयोजना गरिएको भनी प्रशंसा गरेका थिए ।

कार्यक्रममा युनिक बहुमुखी क्याम्पसका सल्लाहकार अखिलकुमार कोइराला, एक्सलडेभलपमन्ट बैंकका प्रमुखकार्यकारी अधिकृत दिनेशकुमार पोखरेल, सिभिल बैँकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल, झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य झलकसिंह दर्लामी मगर ‘सन्देश’लगायतले विद्यार्थीको योजनाले देशको समृद्धिको यात्राको खाकाकोरेको बताए । कार्यक्रमको स्वागत युनिक कलेजका क्याम्पस प्रमुख दीपक भट्टराई र सञ्चालन क्याम्पस सञ्चालक समितिका सदस्य गुरुप्रसाद पौड्यालले गरेका थिए ।

सो अवसरमा उक्त प्रतिष्पर्धात्मक कार्यक्रमका परिकल्पनाकार एवम् कार्यक्रम संयोजक क्याम्पसका अर्थशास्त्रविषयका सहायकप्राध्यापक बिनोद तिम्सिनालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रम युनिक बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष तीर्थराज खरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here