१३२७ जनाले ज्यान गुमाए

0
720

बिर्तामोड।

सवारी दुर्घटनामा परी पछिल्लो तीन वर्षमा एक हजार तीन सय २७ जनाले ज्यान गुमाएका छन् ।

साँघुरा सडक, बढ्दो सवारी चापका कारण हरेक वर्ष सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । सवारी दुर्घटनामा मृत्यु हुने दर बढ्दै गएपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले १ नम्वर प्रदेश सरकारले सडक सुशासन कार्यक्रम सञ्चालन गरे पनि कार्यान्वयन नहुँदा दुर्घटनामा ज्यान गुमाउनेको संख्या नघटेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷०७७को पुससम्ममा मात्रै सवारी दुर्घटनामा परी १ सय ८० जनाको मृत्यु भएको छ । ७३२ वटा दुर्घटना हँुदा ४८७ जना घाइते भए । मुलुककै तथ्याङ्क हेर्ने हो भने प्रदेश–१ दुर्घटना हुने अन्य प्रदेशको तुलनामा चौथो नम्बरमा रहेको छ ।

प्रदेश ५मा चालू आर्थिक वर्षको मंसीर सम्ममा भएका दुर्घटनामा परी दुई सय ३८ जनाले ज्यान गुमाएका छन् भने बाग्मती प्रदेशमा दुई सय २८, प्रदेश–२ मा दुई सय सात र प्रदेश १मा एक सय ४९ जनाको मृत्यु भएको छ ।

कुनै समय काठमाडौ उपत्यकामा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या उच्च थियो तर अहिले उपत्यकका बाहिरका सडकमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या उच्च छ ।

प्रदेश १ट्राफिक प्रहरीको त्रि वर्षीय तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७४÷०७५मा सबैभन्दा धेरैले दुर्घटनामा ज्यान गुमाएका छन् ।

प्रहरी उपरीक्षक भीमप्रसाद दाहालका अनुसार वर्ष ४ सय २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । त्यस्तै आर्थिक वर्ष २०७३÷०७४मा दुर्घटनामा परी ३ सय ५० जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७५–७६ मा ३ सय ७३ जनाको सवारी दर्घटनामा परी मृत्यु भएको प्रहरी उपरीक्षक दाहालले जानकारी दिए । अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here