मनकामना सेकेण्डरी स्कूलको २३औँ वार्षिकोत्सव

0
1031

बिर्तामोड ।

विर्तामोड १ स्थित मनकामना सेकेण्डरी स्कूलको २३औँ वार्षिकोत्सबको अवसरमा आयोजित मनकामना सिङ्गिङ आईकनको उपाधि सन्देश विकले हात पारेका छन् भने मनकामना डान्स स्टारको उपाधि आयुसा सुव्वाले हात पारेकी छिन् ।

प्रतियोगिताको फाइनलमा मनकामना सिङ्गिङ आईकनका लागी सहभागी एक सय सय ६७ विद्यार्थीलाई पछि पार्दै विकले उपाधि हात पारेका हुन् भने मनकामना डान्स स्टारका लागी सहभागी एक सय सय ८३ विद्यार्थीलाई पछि पार्दै सुव्वाले उपाधि हात पारेकी हुन् ।

उक्त प्रतियोगितामा कक्षा एकदेखि कक्षा नौ सम्मका ३ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा लोकेन्द्र थपलिया र अभिषेक धमला (झापाली कान्छा ) रहेका थिए । प्रतियोगिताको फाइनलसंगै वार्षिकोत्सब समेत मनाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाइस प्रिन्सिपल ध्रुवकुमार गौतमले स्वागत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल केशव ढुङ्गानाले विद्यालयको गतिविधीसहित भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वर्ष उत्कृष्ट अभिभावकका रूपमा कृष्णप्रसाद सापकोटा र लक्ष्मी सापकोटा तथा चन्द्रमान माझी र लक्ष्मी माझी, उत्कृष्ट शिक्षकको रुपमा अनिता श्रेष्ठ र उत्कृष्ट कर्मचारीको रुपमा बलराम राईलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा कक्षा १० का बिद्यार्थीहरुलाई विदाइ समेत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन विद्यार्थीहरु इनु थापा डेनिका पाठक,विनिता ओझा , अर्चना पौडेल,आयुस बराल ,जुनु थापा,अदिती चम्लागाई , मेरिना माझी,स्वकृति बास्तोला , नेमिका थापा , पुर्णिामा तामाङ्ग र युगेश श्रेष्ठले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here