कालिका शिशु सदनको २०औं वार्षिकोत्सव सम्पन्न

0
561

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१०स्थित कालिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक प्रधानाध्यापक मोहन सुब्बाको अध्यक्षता र प्याब्सन प्रदेश १का उपाध्यक्ष मिलनकुमार ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत शिक्षक मिनु बिमलीले गरेकी थिइन् ।

संस्थापक प्रधानाध्यापक सुब्बाले विद्यालयको वर्तमान गतिविधि र भावी रणनीतिबारे जानकारी गराएको कार्यक्रममा विभिन्न विधामा विद्यार्थीहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा वर्ष उत्कृष्ट विद्यार्थी कक्षा–५का राहुल रिजाल, अनुशासनतर्फ कक्षा–९का सलोन तिम्सिना र सरसफाईतर्फ कक्षा–४की मानसी थापा रहेका छन् ।

त्यसैगरी अन्य पुरस्कृत हुनेहरुमा गत शैक्षिक वर्षमा विद्यालय प्रथम हुने राजिप चिमरीया, द्धितीय हुने सुजय तामाङ र तृतीय हुने लिरोन मुखिया, नियमित विद्यालय आउने प्रगति कार्की, सौगात बराल र सृजना भट्टराई रहेका छन् । त्यस्तै विद्यालयका कप्तान सुमन कार्की र उपकप्तान कुञ्जना उप्रेतीसँगै गत वर्षको एसईई परीक्षामा उत्र्तीण हुने विद्यार्थीहरुलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।

कक्षा–९मा अध्धयनरत् विद्यार्थीद्धय सलोन तिम्सिना र सुमन कार्कीद्वारा लिखित एवम् निर्देशन गरिएको नाटक “सञ्जालका सम्भावना” मञ्चन गरिएको कार्यक्रममा विद्यार्थीहरुले रायम्स, गीत, नृत्यलगायत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा–१० वडा समितिका अध्यक्ष बलदेवसिंह गोम्देन, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका परीक्षा नियन्त्रक आरके महतराले र सांस्कृति कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय सलोन तिम्सिना र सुमन कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here