३६ जनाले रक्तदान गरे

0
364

अर्जुनधारा ।

प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरे, भद्रपुर–८ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल स्कूल अफ नर्सिङ, पिसिएल तेस्रो वर्ष १७औं ब्याचको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा–१०स्थित मनास्लु युवा क्लबको संयोजन र नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको प्राविद्यिक सहयोगमा आयोजित कार्यक्रममा २३ पुरुष र १३ महिलासहित जम्मा ३६ जनाले रक्तदान गरेका थिए ।

क्लबका अध्यक्ष मनोज गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन क्लबका सदस्य धीरज तामाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here