वडा सदस्य चेपाङको निधन

0
427

मुग्लिन,

चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा भरतपुर अस्पतलमा उहाँको निधन भएको हो ।

यही माघ २२ गते गाउँपालिका कार्यालय आउनुभएका उहाँ अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न जानुभएको थियो । उहाँले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पु¥याइएको थियो ।

अचेत अवस्थामा अस्पताल पु¥याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको आज देवघाटमा अन्त्येष्टिको तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here