बेलगाछीलाई नमूना टोल वनाउने अभियान शुरु

0
622

बिर्तामोड ।

झापाको विर्तामोड नगरपालिका वडा नं. ६ बुट्टावारीस्थित बेलगाछी टोलविकास संस्थाले आफ्नो टोललाई नमूना टोल वनाउने अभियान शुरु गरेको छ ।

विर्तामोड नगरपालिकामा गत असोज २९ गते दर्ता भएको बेलगाछी टोलविकास संस्थाले विराट सामुदायिक अध्ययन केन्द्रसँग सहजीकरण गर्दै नमूना टोल वनाउने अभियान शुरु गरेको बेलगाछी टोल विकास संस्थाका अध्यक्ष कैलाश पोख्रेलले बताए ।

विर्तामोड नगरपालिका वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बेलगाछी टोलविकास संस्थालाई नमूना टोल बनाउने उद्देश्यले विराट सामुदायिक अध्ययन केन्द्रसँग सहजीकरण गर्दै बेलगाछी टोललाई पूर्ण सरसफाई, स्वच्छ र सफा टोल बनाउनका लागी वडा नं ६ मा रहेको विभिन्न टोलविकास संस्थाहरु मध्ये बेलगाछी टोललाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडी वढाएको बताए ।

त्यस्तै बडा नं ६ का वडा सदस्य पर्शुराम खनालले पहिला बेलगाछी टोललाई नमूना टोल बनाउने र त्यसपछि वडाका अन्य टोलहरुलाई पनि नमूना टोल वनाउँदै लैजाने बताए ।
वेलगाछी टोलले टोलवासीहरुलाई नमूना टोलको अवधारणा र गर्नु पर्ने कार्यका वारेमा विराट सामुदायिक अध्ययन केन्द्रको सहयोगमा शौचालयको व्यवस्थापन, खानेपानी शुद्धिकरण, फोहर व्यवस्थापन, डस्टविनको प्रयोग, अग्र्यानिक खानाको व्यवस्थापन सञ्चालन गर्दै आएको बेलगाछी टोलविकास संस्थाका अध्यक्ष पोख्रेलले बताए ।

बेलगाछी टोलविकास संस्थाले नमूना टोल वनाउने अभियानलार्ई प्रभावकारी वनाउनका लागी वेलगाछी नमूना टोल व्यवस्थापन उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्यलाई कार्यन्वयन गर्नका लागी निरन्तर रुपमा कार्य गरिरहेको उपसमितिका अध्यक्ष अविचन्द्र पोख्रेलले बताए ।

हालसम्म यस टोलले पूर्ण सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको र हालै बडा नं ६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वाको नेतृत्वमा टोलमा सडक बत्ति जडान गरीएकोले रात्रिकालिन समयमा जंगली हात्ति र अन्य भयवाट टोलवासी मुक्त भएको बेलगाछी टोल विकास संस्थाका अध्यक्ष कैलाश पोख्रेलले बताए ।

त्यस्तै विर्तामोड नगर.पालिकाको सहयोगमा टङ्याङ्करवाट वाटोमा पानी हाल्ने कार्यले पनि धुलो व्यवस्थापन भएको उनले बताए । बेलगाछी टोलविकास संस्थाले नमूना टोल वनाउने अभियानलाई पूर्णरुपमा कार्यन्वयन गर्नका लागी टोलवासीहरु सक्रिय रुपमा लाग्नुपर्ने विराट सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता टंकप्रसाद भण्डारीले बताए ।

वेलगाछी नमुना टोल वन्न थालेपछि टोलको अवलोकन गर्न आउनेको संख्या पनि निरन्तर रुपमा वृद्धि हँुदै गएको बेलगाछी टोल विकास संस्थाका अध्यक्ष कैलाश पोख्रेलले बताए ।

हालसम्म विर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटी उपप्रमुख पवित्रा महतारा प्रसाईं , पोखरा विश्वविद्यालयमा स्नाकोत्तर अध्ययनरत् विद्यार्थीहरुको टोली, वारा जिल्ला, कलैया न.पा. वडा नं १८ का वडाध्यक्षसहितको टोलीले टोलको अवलोकन गरेको बेलगाछी टोलविकास संस्थाका सचिव विवेक रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here