वास्केटवलको उपाधि डिपोट इङ्लिस स्कूल धरानलाई

0
773

बिर्तामोड ।

टावर टेम्पल माध्यमिक विद्यालय विर्तामोड–५को आयोजनामा भएको प्रदेश १ अन्तरविद्यालय छात्र वास्केटवल प्रतियोगिताको उपाधि डिपोट इङ्लिस स्कूल धरानले हात पारेको छ ।

विद्यालयको २३ औं वार्षिकोत्सवको अवसर पारेर माघ २२ गतेवाट आयोजना गरिएको प्रतियोगिताको फाइनलमा टावर टेम्पल माध्यमिक विद्यालय विर्तामोड–५ र डिपोट इङ्लिस स्कूल धरानवीच भएको प्रतिष्पर्धामा डिपोट इङ्लिस स्कूल धरान विजयी भएको बिद्यालयका निर्देशक राजिव धिमालले जानकारी दिए ।

प्रतियोगितामा झापाका टावर टेम्पल माध्यमिक विद्यालय, बाल्मीकि एजुकेशन फाउण्डेशन, लिटल फ्लावर्स स्कूल, तारापुञ्ज इङ्लिस स्कूल, देवी मावि र डिपोट इङ्लिस स्कूल धरानको सहभागिता रहेको विद्यालयका खेल संयोजक विवेक धिमालले बताए ।

टावर टेम्पल माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष नरेशमान धिमालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल तेजप्रसाद भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा विजेता डिपोट इङ्लिस स्कूल धरान तथा उपविजेता टावर टेम्पल माध्यमिक विद्यालय विर्तामोड , हाइस्कोरर टावर टेम्पल माध्यमिक विद्यालय विर्तामोडका टिकाहाङ लिम्वू र मोष्ट भ्यालुएवल प्लेयर डिपोट इङ्लिस स्कूल धरानका योगेश राईलाई ट्रफि ,मेडल र प्रमाण पत्र प्रदान गरिएको विद्यालयका खेल संयोजक विवेक धिमालले बताए ।

कार्यक्रममा विद्यार्थीले मार्चपास तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक यामनाथ घिमिरे र अनु गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here