वाह्रदशीमा राष्ट्रपति रनिङ शिल्डकप शुरु

0
1154

 

बिर्तामोड, बाह्रदशी गाउँपालिका अन्तरगत रहेका माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन बाह्रदशी गाउँपालिकाकी उपप्रमुख रत्नाकुमारी राजवंशीले गर्नुभयो । वाह्रदशी गाउँपालिका भित्रका १० वटा विद्यालयमा झण्डै दुई सय ५० जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्नु हुँदै गाउँपालिका उपाध्यक्ष राजवंशीले खेलकुदको माध्यमबाट विद्यार्थीको चौतफी विकासमा सहयोग पुग्ने बताएकी छिन् ।

प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।

खेलकुदका माध्यमबाट विद्यार्थीलाई सिकाइमा महत्वपूर्ण स्थान राख्ने बाह्रदशी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष भुपेन्द्र कटुवाले बताए ।

मुलुक संघीय संरचनामा गएसंगै राष्टपति रनिङ शिल्ड प्रतियोगिता समेत स्थानीय तहमा गएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेलको भनाई छ ।

प्रतियोगिताको उद्घाटन सत्र सामाजिक विकास समिति संयोजक अमित राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहालले सहभागी विद्यार्थीलाई सफलताको शुभकामना दिएका थिए ।

गौरीशंकर माध्यमिक विद्यालयका शिक्षक लोचनकुमार गुरागाईले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका भित्रका सवै विद्यालयको उत्साहजनक सहभागीता रहेको छ ।

प्रतियोगितामा दौड, रिले, हाइजम, लङ जम, भलिवल, कवडी लगायतका खेल समावेस छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here