हिमालीको १३ औ वार्षिक उत्सव सम्पन्न

0
1186

बिर्तामोड ।

झापा अर्जुनधारा–६ को हिमाली एजुकेशन फाउण्डेशनले बिबिध कार्यक्रम गरी १३ औ वार्षिक उत्सव मनाएको छ ।
बिद्यालयमा शुक्रवार नर्सरीदेखि कक्षा ८ सम्मका बिद्यार्थीले सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रस्तुती गर्दै बार्षिक उत्सव मनाएका हुन् ।

बिद्यालयका संस्थापक खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले सुनवार नृत्य, राष्ट्रिय भाव झल्कने नृत्य, कविता, निबन्ध, विभिन्न विषयमा शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ६ का अध्यक्ष गौतमले सामुदायिक र संस्थागत बिद्यालयले शिक्षमा एकरुपता कायम गर्न आग्रह गरेका छन् । उनले निजी र सामुदायिक बिद्यालयले प्रतिस्पर्धा गर्न नहुने सुझाव समेत दिए । बिद्यालयको भौतिक संरचना र पठनपाठनको आधारमा बिद्यालयमा कक्षा थप गर्ने वा नगर्ने नगरले नीति निर्माण गर्न लागेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरी, अर्जुनधारा नगर खेलकुद समितिका संयोजक अर्जुन मेचे, अभिभावक संघकी अध्यक्ष सिता बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत बिद्यालयकी प्रिन्सिपल शान्ता गिरीले गरेको कार्यक्रमको सञ्चालन शिक्षक वासुदेव वरालले गरेका थिए । कार्यक्रममा नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, समाजसेवी टेकबहादुर खजुमलगायतले शुभकामना दिएका थिए ।

त्यसैगरी उत्कृष्ट शिक्षकका रुपमा बिद्यालयकी शिक्षिका गोमा खनाललाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा गत बर्ष बार्षिक उत्सवका क्रममा विभिन्न बिधामा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कक्षा नर्सरीदेखि ८ सम्म अध्यापन हुने बिद्यालयमा ४ सय ६० जना बिद्यार्थी, २५ जना शिक्षकशिक्षिका तथा ६ जना कर्मचारी रहेको बिद्यालयका संस्थापक गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here