धुमपान नियन्त्रण अभियान प्रभावकारी बनाउँ–घिमिरे

0
935

विनोद सापकोटा / झापा ।

एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहले धुमपान नियन्त्रण अभियान प्रभावकारी ढंगले अघि वढाउनु पर्ने बताएका छन ।
झापाको दुधेमा शुक्रबार आयोजित शैक्षिक गुणस्तर सुधार तथा स्वस्थ्य जीवन प्रवद्र्धन अभियान कार्यक्रममा वोल्दै मन्त्री घिमिरेले १ नम्बर प्रदेशमा यो अभियान शिवसताक्षी नगरपालिकावाटै शुरुवात गर्न नगरप्रमुख चन्द्रकुमार सेर्मालाई सुझाए ।

उनले भने,‘ सरकारको अभियान र कार्यक्रमलाई स्थानीय तहले वेवास्ता गरे ५ हजार जरिवाना प्रदेश सरकारले असुल गर्ने छ ।’ विद्यालय र सरकारी कार्यलयको १ सय मिटर दुरीमा धुमपान गरे दण्ड जरिवानाको कानुन नियमन नहुदाँ वेथिती बढेको उनले बताए ।

सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि भुपु विद्यार्थीको भुमिका अहम हुने उनले बताएका छन । विद्यालय प्रशासन र व्यवस्थापन समितिले भुपु विद्यार्थी मन्च गठन गरेर उनिहरुको सहयोग लिनसके सामुदायीक विद्यालयको स्तर सुध्रिने उनको दावि थियो । सामुदायीक विद्यालयमै अध्ययन गरेका भुपु विद्यार्थी यति वेला उपल्लो तहका कर्मचारी र जनप्रतिनिधी भएको उल्लेख गर्दे मन्त्री घिमिरेले भने, ‘आफुले अध्ययन गरेको विद्यालयको आर्थीक, भौतिक, साँस्कृतीक, शैक्षिक लगायतका गुणस्तर सुधारका लागि जो कोहि भुपु विद्यार्थी लालायित हुन्छन ।’

मन्त्री घिमिरेले सरकारको नम्स अनुसार विद्यार्थी संख्या नभएका विद्यालयलाई नजिकका सामुदायीक विद्यालयमा मर्जर गर्न सरकारले तयारी शुरु गरेको जानकारी दिएका छन । ‘हाम्रा पालामा ३ घन्टा सम्म हिडेर अध्ययन गर्न जानुपर्ने कहर थियो । यति वेला घर घर मा मोटर पुग्न थालेका छन । बरु सरकारले यातायात र आवासको व्यवस्था गर्छ तर २० जना पनि नभएका सामुदायीक विद्यालयको दरवन्दी कटौती गरेर बिद्यार्थीलाई नजिकको सामुदायीक विद्यालयमा मर्जर गर्नुको विकल्प छैन,’ उनले भने ।

मन्त्री घिमिरेले संस्थागत विद्यालयको योगदानको प्रसंसा गर्दे भने ‘अंग्रेजी शिक्षाका लागि नेपाली विद्यार्थी भारतका दार्जेलिङ्ग खर्साङ्ग जानुपर्ने अवस्थाको अन्त्य संस्थागत विद्यालयले गरिदिएको छ । संस्थागत विद्यालय समाजका अंग हुन । सरकारले संस्थागत विद्यालयलाई अहिले नै ईन्किार गर्ने अवस्था छ्ैन । रोगगार र गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयलाई सरकारले सम्मान गरेको छ ।’

कार्यक्रममा १ नम्बर प्रदेशमा स्वास्थ्य महासाखाका प्रमुख डाक्टर शुरेस मेहताले स्वस्थ जीवन जिउनका लागि दैनिक व्यायाम र खानपानमा ख्याल पुर्याएर जिवन शैलि परिवर्तन गर्न सहभागीलाई सुझाएका थिए । कार्यक्रममा वालनिकुञ्ज माविका प्रधानाध्यापक भिम लिम्वुले सामुदायीक विद्यालयको समसामयीक समस्याका वारेमा मन्त्री घिमिरेलाई जानकारी दिए ।

यता रेडरोज ईलिस वोर्डिङ्ग स्कुलका प्रिन्सीपल दिगम पराजुलीले सरकारको संस्थागत विद्यालयलाई हेर्ने दुष्टिकोण सामुदायीक विद्यालयको तुलनामा फरक रहेको गुनासो गरे । ‘दक्ष जनशक्ति उत्पादनमा सामुदायीक विद्यालयको तुलनामा संस्थागत विद्यालय अव्वल रहेको सरकार स्वयमंले निकालेको तथ्याँक ले देखाउछ तर, निजी विद्यालयलाई हेर्ने दृष्टीकोण भने फरक छ,’ उनले भने ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माको अध्यक्षतामा भएको कार्यक्रम मा नगरका प्रमुख सचेतक समेत रहेका वडा नम्बर २ का अध्यक्ष कुलवहादुर वस्नेतले स्वागत गरेको कार्यक्रम नगर शिक्षा अधिकारी तथा निमिक्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रदेश साम्सद झलकवहादुर दर्लामी मगर, हिरा थापा लगायत शिवसताक्षी नगरका जनप्रतिनिधी, सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षक र सरोकारवालाको उपस्थिती थियो ।

यसैवीच सामाजिक विकास मन्त्री घिमिरेले दुधे स्थित राष्ट्रिय रमणीय आदर्श माविको विद्यालय नर्सिङ्ग कक्षाको उद्धघाटन गरेका छन । विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीलाई प्राथमिक उपचार गर्ने उद्धेश्यले प्रदेश सरकारको १ निर्वाचन क्षेत्रका दुई सामुदायीक विद्यालय मा लागु गरिएको विद्यालय नर्सिङ्ग कक्षाको उद्धघाटन गरेका हुन ।
सरकारले विद्यालय नसिङ्ग कक्षाका लागि स्टाफ नर्सको दरवन्दि विद्यालयमा पठाएको छ । विद्यालय नर्सिङ्ग कक्षाकी स्टाफ नर्स नरमाया वस्नेतका अनुसार प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवा दिन सरकारले कार्यक्रम ल्याएको बताईन ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय रमणीय आदर्श मावि शिवसताक्षी र कनकाई नगरको कनकाई माविमा विद्यालय नर्सिङ्ग कक्षा संचालन मा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here