पेटानी बुन्दै बिर्तामोडमा धिमाल महिला

0
1115

बिर्तामोड

आधुनिकताका कारण संकटमा परेको धिमाल महिलाको मौलिक पोशाक पेटानीको संरक्षणमा बिर्तामोडका धिमाल महिला जुटेका छन् ।

बिर्तामोड–१ मा रहेको नारी संकल्प नाम संस्थाको आयोजना तथा बिर्तामोड–१ को आर्थिक सहयोगमा गत पुस १ गतेबाट सुरु भएको पेटानी बुन्ने तालिममा धिमाल महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ । धिमाल भाषामा ‘दाबोना’ भनिने पेटानी बुन्ने मान्छे पाइन छोडेसँगै यो पोशाक लगाउने क्रम पनि घट्दै गएको बेला नारी संकल्पले धिमाल महिलाहरुलाई संस्कृतिको संरक्षणसंगै आर्थिक उपार्जनका लागि तालिमको आयोजना गरेको हो ।

धिमाल जाति तथा पिछडिएको वर्ग आय तथा सिपमुलक तालिम केन्द्रको स्थापना गरेर नारी संकल्पले बिर्तामोडमा धिमाल जातिको पेटानी बुन्ने तालिमको आयोजना गरेको अध्यक्ष तुलसा मैनालीले बताइन् ।

घरायसी काम गरेर पनि खाली रहेको समयमा महिलाहरूले तालिम केनद्रमा आएर पेटानी बुन्ने गरेका छन् । विवाह ब्रतबन्ध जस्ता कार्यहरुमा यो पोसाक अनिवार्य मानिन्छ । तर अन्य आधुनिक पोसाकहरुको चापले पछिल्लो समय धिमाल जातिहरुको परम्परागत पोसाक पेटानी ओझेलमा परेको छ । त्यसलाई प्रर्वन गर्दै ब्यवसायीक बनाउने उद्धेश्यले वडाकार्यालयको सहयोग तथा नारी संकल्पको आयोजनामा पेटानी बुन्ने तालिमको आयोजना गरिएको हो ।

एउटा पेटानीलाइ दुई हजार देखि २५ सय रुपैंयासम्ममा बिक्रि हुने प्रशिक्षक सीता धिमालले बताइन् । उनले तालिममा १८ जना प्रशिक्षार्थी सहभागि भएको भन्दै दुई महिनाको अवधिमा सीप सिक्दै १० वटाभन्दा धेरै पेटानी बनाई सकेको जानकारी दिइन् । यसैबीच नारी संकल्पले तालिम केन्द्रमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष अग्नी पाण्डेले तालिममा सिकेको सीपलाई ब्यवहारमा उर्तान आग्रह गरे ।

उनले धिमाल जातिको सीप विकासका लागि वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वडा सचिव टीका अधिकारी, प्रशिक्षक सीता धिमाल, प्रशिक्षार्थी अनिशा धिमाल, पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नारी संकल्पका अध्यक्ष तुलसा मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव आशा बानियाँ(उप्रेती)ले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here