बाल्मिकीको १७ औं वार्षिक उत्सव सम्पन्न

0
523

बिर्तामोड ।

बिर्तामोडको बाल्मिकी एजुकेशन फाउण्डेशनले ‘बाल्मिकी स्पोर्टस् मिट २०७६’ अन्र्तगत विविध खेल प्रतियोगिता गरेको छ । बिद्यालयको १७ औ बार्षिक उत्सव तथा ‘बाल्मिकी स्पोर्टस् मिट २०७६’ कार्यक्रमको आयोजना गरी शनिवार खेल प्रतियोगिता सम्पन्न गरेको हो ।

बिद्यालयमा आयोजित बाल्मिकी स्पोर्टस् मिट २०७६ मा विविध विधाका पुरस्कार वितरण तथा विभिन्न खेल प्रतियोगिता गरी कार्यक्रम सम्पन्न गरेको हो । खेल प्रतियोगितामा माध्यमिक बिद्यालयतहसम्मका बिद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्र्तगत बिद्यार्थीले दौड प्रतियोगिता, टेवलटेनिस, चेस, सांस्कृतिक नृत्यलगायतका खेल प्रस्तुत गर्ने बिद्यालयका प्रवन्ध निर्देशक आनन्दकुमार बस्नेतले जानकारी दिए । बिद्यालयका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी रहेका थिए ।

कार्यक्रममा लिटल फ्लावर्स बोडिङ स्कुलका प्रिन्सिपल देवकुमार दास, पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलका सञ्चालक समिति सदस्य देउकुमार थेवे, बिर्तामोड नगर शिक्षा अधिकृत केशर खवास,समाज सेवी श्याम बस्नेत लगायतको आतिथ्य रहेको थियो । स्वागत बिद्यार्थी सशांक न्यौपानेले गरेको कार्यक्रममा औपचारिक कार्यक्रमको सञ्चालन बिद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण ढकालले गरेका थिए भने शिक्षक लोकराजले खेलकुद कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी शिवाकोटीले दीप प्रज्जवलका साथै खेलकुदको प्रतिक ओलम्पिक टर्च स्कुल क्याप्टेन उज्वल आर्चाय सहितका हाउस क्याप्टेनहरुलाई हस्तान्तरण गरेका थिए । त्यस अघि क्याप्टेन आर्चायले खेलाडीहरुलाई सपथ ग्रहण गराएका थिए भने सहभागि विद्यार्थीहरुले प्रमुख अतिथी लगायत अतिथीहरुलाई गार्ड अफ अनर प्रदान गरेका थिए ।

कार्यक्रममा अभिभावहरु बीच आयोजिक विभिन्न खेल प्रतियोगिताका विजेता तथा वर्षभरीभएका खेलकुदका विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा फाउन्डेसनका को–अडिनेटर महेन्द्र खवास, बिर्ता सिटी हस्पिटलका प्रशासक विनोद बस्नेत र फाउन्डेसनका प्रशासन प्रमुख तथा धुलाबारी जेसिजका अध्यक्ष सागर खनालले निर्णयकको भूमिका निर्वाह गरेको प्रिन्सिपल विष्णु सिंघलले जानकारी दिए । त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुलाई अध्यक्ष बस्नेतले मायाको चिनो प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here