वालकल्याण माविका भूपूविद्यार्थीहरुको पुनर्मिलन, शैक्षिक विकासमा जोड

0
905

सतासीधाम ।

झापाको गौरीगञ्ज १ महाभारास्थित वालकल्याण माविका भूपू विद्यार्थी तथा शिक्षकहरुबीच पहिलो पटक औपचारिक रुपमा पुनर्मिलन ( भेला) तथा पारिवारिक वनभोज सम्पन्न गरिएको छ ।

भूपु विद्यार्थीहरुको समुहले विद्यालयसंगको समन्वयमा ३ साता लामो कसरतपछि हिजो शनिबार भ्रमण बर्ष २०२० लाई समेत मध्यनजर गर्दै पर्यटकीय क्षेत्र सताक्षीधाममा आयोजना गरेको सो कार्यक्रममा ठुलो संख्यामा भूपु विद्यार्थी शिक्षकहरु सहभागि भएका थिए ।

२०१७ सालमा स्थापित सो विद्यालयले २०४५ सालदेखि माध्यमिक तहको पठनपाठन सञ्चालन गर्दै आएको र २०४८ सालदेखि एसएलसीमा सहभागिता जनाएको थियो ।

विद्यालयबाट पहिलो एसएलसी उत्तिर्ण विद्यार्थी समुहका अशोक निरौलाको अध्यक्षता र गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाको प्रमुख आतिथ्यमा भएको सो भेलामा सोहि विद्यालयका पूर्व विद्यार्थी समेत रहेका प्याव्सन सुनसरीका अध्यक्ष विष्णु कोइराला, पूर्व विद्यार्थी तथा झापाली समाज अष्ट्रेलियाका उपाध्यक्ष नेत्र पौडेल, विद्यालयका प्रधानाध्यापक भीम प्रसाद कोइराला, निवर्तमान प्रधानाध्यापक भोला प्रसाद खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भेलाले विष्णु पौडेल ( दमक) को अध्यक्षतामा भुपु विद्यार्थी समाज वालकल्याण माविको तदर्थ समिति, नेत्र पौडेल ( विर्तामोड) को संयोजकत्वमा विधान मस्यौदा समिति र भोला प्रसाद खतिवडा ( निवर्तमान प्रअ)को संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ ।

समाजको तदर्थ समिति उपाध्यक्षमा सुवास मोक्तान (विर्तामोड) सचिवमा भवानी काफ्ले ( दमक) सहसचिवमा गोविन्द ( राजु) निरौला ( दमक) र कोषाध्यक्षमा सरस्वति राई ( कोरोबारी) लाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा विद्यालय तर्फ शिक्षक हरि राजवंशी ( विद्यालय ), राजेन्द्र उप्रेती ( विर्तामोड) खगेन काफ्ले (महाभारा) शारदा सिटौला ( चारपाने) ध्रुव अधिकारी ( दमक) सृजन घिमिरे ( विर्तामोड) कमल दाहाल ( महाभारा) चुनिएका छन् ।

यसैगरि सल्लाहकार सदस्यहरुमा सदस्यहरुमा विद्यालयका प्रअ भीम कोइराला ,पूर्व प्रअ नारायण कार्की, अशोक निरौला (शनिअर्जुन) कल्याण दाहाल ( दुधे) विष्णु कोइराला ( सुनसरी) र नेत्र पौडेल (विर्तामोड) रहेका छन् ।

त्यसैगरी पौडेलको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिका सदस्यहरुमा राजेन्द्र उप्रेती र सुवास मोक्तान रहेका छन् । मस्यौदा समितिलाइनै संस्था दर्ताको आवश्यक प्रकृया अघि बढाउन तदर्थ समितिलाई २०७७ सालको दशैं तिहारको अवधिमा प्रारम्भिक साधारण सभा गर्ने म्याण्डेड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here