न्यू होप अङ्ग्रेजी आवासिय विद्यालयको २३औं वार्षिकोत्सव

0
1177

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३ खुदुनावारीस्थित न्यू होप अङ्ग्रेजी आवासिय विद्यालयको २३औं वार्षिकोत्सव सोमबार विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

विद्यालयका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक चुँडामणी खतिवडाले गरेका थिए ।

प्रधानाध्यापक खतिवडाले विद्यालयको वर्तमान गतिविधि र भावी रणनीतिहरु बारे जानकारी गराएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा एसईई २०७४मा ए प्लस ल्याउने विद्यार्थीद्धय अजनबी ढकाल र विनय दुलाल, एसईई २०७५मा ए प्लास ल्याउने विद्यार्थीद्धय एलिसा दाहाल र गौरव इङनाम, २०७५ कक्षा–१२का स्टामिनर सफल बुढाथोकी र २०७६ कक्षा–१२का स्टामिनर राजकुमार बुढाथोकीलाई जनही नगद पुरस्कार पाँच हजार र प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा २०७५का विद्यालय कप्तान गौरव इङनाम र उपकप्तान पूजा ढकाललाई पुरस्कृत गरिएको कार्यक्रममा खेलकुद तथा शैक्षिक विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका विद्यार्थी एवम् स्थानीयस्तरका कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम अन्र्तगत गीत तथा नृत्यसँगै गजल, मुक्तक, क्यारिकेचरलगायत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बा, नगर प्याब्सनका सल्लाहकार टिकाराम गौतम, सचिव राजेशकुमार आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन लीलाप्रसाद नेपाल, मनोज लिम्बू र अनिषा राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here